स्टेन्थ लिफ्टीङ्ग फेडेरेसनको केन्द्रीय कार्यसमिति गठन

18.5k Shares

काठमाडौं । नेपाल स्ट्रेन्थ लिफ्टीङ्ग फेडेरेसनले माघ २२ गते केन्द्रीय कार्यसमिति गठन गरेको छ । 

ललितपुर सातदोबाटोस्थित सुमेरु मार्टको हलमा आयोजित कार्यक्रममा भरत महर्जनको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन भएको हो । अध्यक्ष भरत महर्जनलगायत उपाध्यक्ष नारायण प्रधान, महासचिव जिवन गिरी र कोषाध्यक्ष तेज गिरीलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा केदारमान स्थापित, सन्तोष शाक्य, विजेन्द्रमान श्रेष्ठ, मिलन सिजापती, विनोद वज्रचार्य, कृष्ण प्रसाद गुप्ता, प्रकाश के.सी., ऐन ब.के.सी., मधुकर लुईटेल, अश्वेत स्थापित,  राजु रायमाझी, विश्वरमण सिं, भुमी गिरी र संसार विजय रहेका छन् ।

नेपाल राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक संगम सिं थापाको प्रमुख अतिथ्यतामा आयोजित सो कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, खेलप्रेमीलगायतकाहरुको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार