पाँचजनालाई टिपरको ठक्कर, दुईको मृत्यु, तीन गम्भीर घाइते

20.4k Shares

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

हिजो बेलुका करिब ८ बजे भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिएको थियो ।

दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।

सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोममा उपचार भइरहेको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ ।

सम्बन्धित समाचार