सेनामा यस्तो पनि भैरहेछ

24.8k Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल अब क्रमशः अन्त्यतिर आएको छ । उनको कार्यकालमा धेरै बिबादास्पद निर्णयहरू त भएनन् तर पनि मातहत रहेको सम्भारमा भने धेरै चलखेल भएको कुरा बाहिर आएको छ । सेनाको स्पोर्टस जुत्तामा यस्तो धेरै चलखेल भएको हो । 
एकातिर सेना नेपाली उद्योग बचाउन भन्दै हेटौंडा कपडा उद्योग चलाउने अभियानमा लागेको छ । तर आंफैले प्रयोग गर्ने स्पोर्टस जुत्ता भने स्वदेशी कम्पनीको उत्पादन नलिएर कमिशनको सेटिङमा चाइनिज जुत्ता ल्याउने गरि ठेक्का दिन्छ । यसबाट सेना भित्र सामान खरिदमा हुने गरेको चलखेल प्रष्ट हुन्छ । सेनाले २०७६÷७७ सालमा स्पोर्टस जुत्ताको टेण्डर चाइनिज जुत्ताको नमूना हाल्ने कम्पनीलाई दिएको थियो । तर चाइनिज स्पोर्टस जुत्ता गुणस्तर नभएको र अत्यन्तै कमजोर भएको भन्दै सेना भित्र नै बिबाद भयो । उक्त बिबादमा तत्कालीन उपरथी एवं हालका रथी अशोक सिग्देलको नाम पनि जोडियो । धेरै बिबाद भए पछि सेनाले अब चाइनिज स्पोर्टस जुत्ता नलिने निर्णय गर्दै स्वदेशी उत्पादन खरिद गर्ने निर्णय गर्याे । सेनाले सोही अनुरूप स्वदेशी कम्पनी गोल्डस्टारलाई स्पोर्टस जुत्ताको ठेक्का दियो । चाइनिज भन्दा राम्रो र गुणस्तरीय एवं बलियो भन्दै सेनामा प्रशंसा भैरहेको बेला यो बर्षको स्पोर्टस जुत्ताको ठेक्का भने फेरि स्वदेशी कम्पनीलाई नदिएर चाइनिज जुत्ता ल्याउने कम्पनीलाई दिइएको छ । यस ठेक्कामा ठूलो आर्थिक चलखेल भएको समेत आरोप लागेको छ ।
यो ठेक्का अल्बेलो नामक कम्पनीलाई दिइएको छ र यो ठेक्का दिलाउन संभारका महासेनानी दीपक भण्डारीको प्रमुख हात र सहयोग रहेको समेत खुलेको छ । अल्बेलो नामक कम्पनीको प्रमुख जलेश्वर पौडेल रहेको समेत खुलेको छ । स्पोट्स जुत्ताको ठेक्का पाएको अल्बेलोले अहिले धमाधम जुत्ता बुझाई रहेको छ । तर सेनाको सामान भण्डारण गर्ने कार्यालयमा कार्यरत एक सिनियर अधिकृतका अनुसार जुत्ता नेपाली कम्पनीले बनाएको भन्दा धेरै कमजोर रहेको समेत दावी गरे । उनले भने, चिफ सापलाई घर जाने बेलामा बदनाम गर्ने भए ।

सम्बन्धित समाचार