काठमाडौँको शंखरापुरमा घरभित्रै निस्सासिएर दम्पत्तीकाे मृत्यु

16.6k Shares

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा घरभित्रै निस्सासिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।

गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी प्रमुख इन्सपेक्टर जानुका खरेलले इकागजलाई जानकारी दिइन् । उनका अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोरा सुनिल भने सकुसल छन् । बुवा-आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । 

सम्बन्धित समाचार