993
Shares
काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक खण्ड अन्तर्गत घोप्टेभीरमा गएको सुक्खा पहिरो हटाउन अरु ३ घण्टा लाग्ने भएको छ ।
आज बिहानै ठूलो सुख्खा पहिरो झरेकाले सडकमा यातायात दुईतर्फी रूपमा अवरुद्ध छ। पहिरो हटाउनका ३ वटा मेसिन उपकरण परिचालित भएका छन् भने थप २ वटा मेसिन परिचालन गरिने तयारी छ ।
पहिलो चरणमा ३ घण्टामा पहिरो हटाउने तयारी भए पनि पछिल्लो सूचनाअनुसार अरु ३ घण्टामा पहिरो हटाएर यातायात सञ्चालनको प्रयास भइरहेको नागढुंगा मुग्लिङ सडक योजना ९पश्चिम खण्ड०ले जनाएको छ ।