धर्मपथमा तिहार विशेष संस्कृतिक कार्यक्रम हुँदै

1.3k Shares

काठमाडौं । श्री हुस्सु गणेश पुचःले काठमाडौं महानगरपालिका धर्पपथ क्षेत्रमा तिहार विशेष सांस्कृतिक कार्यक्रम आगामी कात्तिक २१ गते शनिबार गर्दैछ । 
नेपाली मौलिक कला, संस्कृति परम्परा तथा चाडपर्वको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको सो कार्यक्रमका संयोजक सुरज शाहीले जानकारी गराएका छन् । 
सो कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मनोज महर्जनको नाटक, उज्जन शाक्य, इमर्ज ब्याण्ड, स्वर ब्याण्डलगायतका कलाकार तथा समूहहरुको बेजोड प्रस्तुति रहने संयोजक शाही बताउँछन् । यस कार्यक्रममार्फत नेपाली मौलिक संंस्कृति, कला तथा सांगीतिक परम्पराको जगेर्ना गर्नुका साथै स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचार