जडीबुटीमा सवारी दुर्घटना हुँदा बालिकाको मृत्यु

14.9k Shares

काठमाडौं - काठमाडौंको जडीबुटीमा सवारी दुर्घटनामा बालिकाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगर रहेकी छन् । उनको शनिबार साँझ ज्यान गएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

सम्बन्धित समाचार