काठमाडौं । विपद् आउँदा सबैभन्दापहिले मानिसले सम्झिने नाममध्ये नेपाली सेना, नेपालप्रहरी र सशस्त्रप्रहरी बल पनि पर्छन्। तर यसपटकको विनाशकारी बाढीपहिरो र त्यसबाट सिर्जित संकटमा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका केवल ‘उद्धारकर्ताको जिम्मेवारी’मा सीमित रहेन। उनीहरूले आफ्नै पीडा, परिवारको चिन्ता र ज्यानको जोखिमलाई पछाडि पार्दै अरूको जीवनबचाउन देखाएको साहसले कर्तव्यनिष्ठाको नयाँउदाहरण प्रस्तुत गरेको छ।
उर्लंदो भेल, भत्किएका सडक, जोखिमपूर्ण पहिरो, सम्पर्कविहीन बस्ती र अँध्यारा तथा साँघुरा सुरुङभित्रप्रवेश गरेर गरिएको खोज तथा उद्धारले सुरक्षाकर्मीको कामकति कठिन थियो भन्ने देखाउँछ। कतिपय स्थानमाजमिनआफैं अस्थिर थियो, कतिपय ठाउँमा पानीको बहाव नियन्त्रणबाहिर थियो। तर उनीहरू रोकिएनन्।कहिले कम्मरसम्मआएको भेलमा पसेर, कहिले हिलो र ढुंगामाटो पन्छाउँदै, कहिले जीवनको कुनै ग्यारेन्टी नभएको सुरुङभित्र घस्रिँदै उनीहरू हराएकामानिसको खोजीमालागिरहे। उद्धारकाक्रममाउनीहरूका अगाडि केवल एउटा प्रश्नथियो—‘कसैलाई बचाउन सकिन्छ कि सकिँदैन?’त्यस क्रममाउनीहरूले आफ्नो सुरक्षाभन्दा पीडितको जीवनलाई प्राथमिकतादिए।
विपद्को यो त्रासदीमा खटिएका सबै सुरक्षाकर्मी बाहिरबाट हेर्दा उद्धारकर्ताजस्ता देखिन्थे। तर उनीहरूभित्रपनि पीडा थियो। कतिपय सुरक्षाकर्मीकाआफ्नै घर प्रभावितथिए। कतिपयले परिवारका सदस्यको अवस्थाथाहापाउन सकेकाथिएनन्। कतिपयको आफ्नै बासस्थानमाविपत्तिले क्षति पु¥याएको थियो।तर ड्युटीमा पुगेपछि उनीहरूकालागिव्यक्तिगतदुःख दोस्रो प्राथमिकतामाप¥यो।आफ्नो घरमा के भइरहेको छ भन्ने चिन्तालाई मनभित्रदबाएर उनीहरू अर्काको घरमा फसेकालाई निकाल्न दौडिए। आफ्नै परिवार सुरक्षित छ कि छैन भन्ने खबरको प्रतीक्षामा रहेकाजवानहरू पनिअर्को परिवारको सदस्यखोज्न जोखिमपूर्ण स्थानमाप्रवेश गरिरहे।यो दृश्यले सुरक्षाकर्मी केवलवर्दी लगाएकाकर्मचारी होइनन्, उनीहरू पनित्यही समाजकानागरिक र परिवारका सदस्यहुन् भन्ने यथार्थलाई झन् गहिरो बनाएको छ।उनीहरूका पनिआँसु छन्। उनीहरूकापनि डर छन्। उनीहरूकापनि घर छन्। तर कर्तव्यको घडीमा उनीहरूले आफ्नाआँसु लुकाएर अरूकाआँसु पुछ्ने जिम्मेवारी रोजे।
विपद्को सबैभन्दाचुनौतीपूर्ण पक्षमध्ये हराइरहेकामानिसको खोजीथियो। भत्किएका संरचना, ढुंगामाटोले पुरिएका क्षेत्र र जोखिमपूर्ण सुरुङहरू उद्धारकर्मीकालागिपनिउत्तिकै घातक थिए।साँघुरो सुरुङभित्रप्रवेश गर्दा जुनसुकै बेला माथिबाट ढुंगा खस्न सक्थ्यो। अक्सिजनको अभावहुन सक्थ्यो। पानीको बहाव बढ्न सक्थ्यो। बाहिर निस्कने बाटो नै अवरुद्ध हुन सक्थ्यो।तर उद्धारकर्मीले त्यहीजोखिम स्वीकार गरे।उनीहरूलाई थाहाथियो—भित्रकोहीजीवितहुन सक्छ। कसैको परिवारले आफ्नो मान्छे फर्किने आशागरिरहेको हुन सक्छ। त्यसैले सुरुङको अँध्यारोले उनीहरूको खोजी रोक्न सकेन।कुनै आमाको छोरा, कुनै बाबुको सन्तान, कुनै श्रीमतीको जीवनसाथीवाकुनै बालबालिकाको अभिभावकहुन सक्ने मानिसको खोजीमाउनीहरू आफ्नै जीवनको जोखिममोलेर अघि बढे।
सुरक्षाकर्मीलाई सामान्यतःअनुशासन, आदेश र कर्तव्यसँगजोडेर हेरिन्छ। तर विपद्का बेलाउनीहरूको अर्को परिचयपनिउजागर हुन्छ, मानवीयता।उद्धारकाक्रममा घाइते तथात्रसितमानिसलाई बोकेर सुरक्षित स्थानमा पु¥याउनेदेखि वृद्ध, बालबालिका र असहायलाई आफ्नो काँधमा राखेर हिँडाउनेसम्मका दृश्यले वर्दीभित्रको संवेदनशील मन देखाएको छ।कहिलेकाहीँ सुरक्षाकर्मी आफैं थकित हुन्छन्। उनीहरूलाई खान, सुत्न र आरामगर्न समय हुँदैन। शरीर हिलोले ढाकिएको हुन्छ। जुत्ताभित्रपानी पसेको हुन्छ। कपडाभिजेका हुन्छन्। तर अगाडि पीडित देखेपछि उनीहरू फेरि उठ्छन्।किनकिउनीहरूकालागित्यो क्षणमा आरामभन्दाजीवनबचाउनु ठूलो हुन्छ।
विपद् सकिएपछि हामीक्षतिको हिसाब गर्छौं। कति घर भत्किए, कति सडक बिग्रिए, कतिपुल बगे, कतिमानिस बेपत्ताभए र कतिआर्थिक क्षतिभयो—यी सबै तथ्यांकआवश्यक छन्।तर विपद्को अर्को हिसाबपनि हुन्छ।कति सुरक्षाकर्मीले आफ्नो परिवारको चिन्ता छाडेर घटनास्थलमा समय बिताए?कतिजवानले लगातार पानी, हिलो र जोखिमबीचकाम गरे?कति उद्धारकर्मीले आफ्नै ज्यानजोखिममा राखेर अरूको जीवनबचाए?कतिजनाले आफ्नाव्यक्तिगत पीडा सार्वजनिकसमेत गरेनन्?यीप्रश्नको हिसाबकुनै तथ्यांकले देखाउँदैन।त्यसैले सुरक्षाकर्मीको योगदानलाई केवल उद्धार गरिएको मानिसको संख्याले मापनगर्नु पर्याप्तहुँदैन। उनीहरूले जोखिममोलेको क्षण, उनीहरूले सहनुपरेको मानसिकदबाब र आफ्नो परिवारभन्दा राष्ट्र तथानागरिकको सुरक्षालाई प्राथमिकतादिएको त्याग पनिमूल्यांकनको हिस्सा बन्नुपर्छ।
वीरताभन्नासाथबन्दुक, युद्ध र सीमाको रक्षा सम्झिने गरिन्छ। तर प्राकृतिकविपद्को समयमानागरिकको जीवनबचाउनपानीको भेलमा पस्नु, पहिरोको जोखिमबीचखोजीगर्नु र भत्किएको संरचनाभित्रप्रवेश गर्नु पनिउत्तिकै ठूलो वीरताहो।यसपटकका उद्धार अभियानले यही सत्य प्रमाणित गरेको छ।सुरक्षाकर्मीको साहसले केवलमानिसको ज्यानजोगाएन, विपद्मा राज्यनागरिकको साथमा छ भन्ने भरोसा पनिजगायो। जब परिवारले आफ्नाप्रियजन हराएको अवस्थामाआशागुमाउनथालेकाथिए, त्यही बेला उद्धारकर्मीको उपस्थितिउनीहरूकालागिआशाको अन्तिमआधार बन्यो।त्यसैले उनीहरूको योगदानलाई औपचारिक प्रशंसाभन्दामाथि उठेर हेर्न आवश्यक छ।
विपद् बित्दै जान्छ। पानीको सतह घट्छ। सडक खुल्छन्। बस्ती पुनर्निर्माण हुन्छन्। तर विपद्माज्यानजोखिममा राखेर कामगर्नेहरूको योगदानइतिहासमा सुरक्षित रहनुपर्छ।नेपाली सेना, नेपालप्रहरी र सशस्त्रप्रहरी बलकातीजवानहरूले यसपटक देखाएको साहस केवल एउटा उद्धार अभियानको कथाहोइन। यो राज्यप्रतिको जिम्मेवारी, नागरिकप्रतिको समर्पण र मानवीयताको जीवितउदाहरण हो।उनीहरूले आफ्नो आँसु लुकाए, ताकिअरूले रोइरहनु नपरोस्।आफ्नो पीडा थाती राखे, ताकिअरूको पीडा कमगर्न सकून्।आफ्नो ज्यानको पर्वाह नगरी अरूको जीवनबचाउन दौडिए।यही कारण उनीहरूको योगदानलाई केवल ‘ड्युटी’ भनेर टार्न मिल्दैन। त्यो कर्तव्यभन्दामाथिको मानवीय समर्पण थियो।विपद्को घडीमा नागरिकको जीवनबचाउनआफ्नो जीवनजोखिममा राख्ने ती सुरक्षाकर्मीप्रति राष्ट्रको सम्मान केवलशब्दमाहोइन, व्यवहारमापनि देखिनुपर्छ। उनीहरूको सेवा, त्याग र बलिदानको उचितमूल्यांकन हुनुपर्छ।किनकिआफ्नै आँसु लुकाएर अरूको आँसु पुछ्ने हातहरू केवलवर्दीकाहातहोइनन्, ती राष्ट्रका भरोसाकाहातहुन्।र तीहातहरूप्रति यो देश सधैं कृतज्ञ रहनेछ।