काठमाडौं । इतिहासका केहीदिन केवलपात्रोकापानामा सीमितहुँदैनन्। तीदिनले समाजको चेतना, राज्यको चरित्र र राजनीतिको दिशामाथिगहिरो प्रश्न छाडेर जान्छन्। २०८२ भदौ २४ पनित्यस्तै एउटा दिनका रूपमा स्मरण हुने अवस्थाबनेको छ—जहाँबाहिरी खतरा खोज्दाखोज्दै नेपाली समाजले आफ्नै घरभित्रआगो सल्काएको अनुभूतिग¥यो।
‘चोर घरभित्र छि¥यो’ भन्ने शंकालागेपछि घरको सुरक्षागर्नुपर्ने हुन्छ। ढोकाबन्दगर्ने, चोरलाई नियन्त्रणमा लिने र घरका सदस्यलाई सुरक्षित राख्ने सामान्यविवेक हो। तर चोर पसेको आशंकामाआफ्नै घरमाआगो लगाइदिने हो भने चोरभन्दा ठूलो क्षति घरकै हुन्छ।भदौ २४ को घटनालाई यही रूपकमार्फत हेर्दा त्यसले एउटा असहज राजनीतिकयथार्थ देखाउँछ—असन्तुष्टि, आक्रोश र परिवर्तनको चाहना स्वाभाविकभएपनित्यसको बाटो गलतभयो भने त्यसको पहिलो शिकार राज्य, नागरिक र स्वयं आन्दोलनकारी नै बन्न सक्छन्।
नेपालमालामो समयदेखि राजनीतिकअस्थिरता, भ्रष्टाचार, बेरोजगारी, कमजोर सेवाप्रवाह, प्रशासनिक ढिलासुस्ती र अवसरको असमानवितरणप्रति जनअसन्तुष्टि बढ्दै आएको छ। नागरिकले राज्यसँगजवाफखोज्नु स्वाभाविकहो। शासनप्रतिप्रश्न उठाउनु लोकतन्त्रको अधिकार हो।तर प्रश्न उठाउने अधिकार र राज्यको आधारभूत संरचनाध्वस्तपार्ने प्रवृत्तिबीच ठूलो अन्तर हुन्छ।भदौ २४ ले यही सीमाकति संवेदनशील हुन्छ भन्ने देखाएको छ।
राज्यकाकमजोरीविरुद्ध उठेको आवाजयदि सार्वजनिक सम्पत्ति, सरकारी संरचना, सञ्चार माध्यम, निजीव्यवसायवा सर्वसाधारणको जीवनमाथि नै प्रहारमा परिणत हुन्छ भने त्यसले सुधारको बाटो खोल्दैन। बरु राज्यकमजोर बनाउँछ, अर्थतन्त्रलाई धक्का दिन्छ र आमनागरिकको दैनिकजीवनलाई थप असुरक्षित बनाउँछ।
यहीकारण भदौ २४ लाई केवल एउटा राजनीतिक घटनाका रूपमाबुझ्नु पर्याप्तहुँदैन। लोकतान्त्रिक असन्तुष्टि कुनबिन्दुमा अराजकताको जोखिममा पुग्छ भन्ने प्रश्नको ऐनापनिहो।‘घरभित्रचोर छ’ भन्ने चेतावनीलाई बेवास्तागर्नु पनिगलतहो। तर चोर खोज्ने नाममा घरकाभित्ता, झ्याल, ढोका र छानो नै जलाइदिएपछि बाँकी के रहन्छ? राजनीतिक परिवर्तनको नाममा राज्यका संस्थाहरू कमजोर पारिँदाअन्ततःनागरिकले नै त्यसको मूल्य चुकाउनुपर्छ।
नेपालको विगतले पनि एउटा पाठ सिकाएको छ—व्यवस्था परिवर्तनभन्दा कठिन कामव्यवस्थाचलाउनु हो। आन्दोलनले सत्ता परिवर्तन गर्न सक्छ, तर त्यसपछि सुशासनदिन संस्था, नीति, कानुन र जिम्मेवार नेतृत्व चाहिन्छ।त्यसैले भदौ २४ पछि उठ्नुपर्ने प्रश्न केवल ‘कसले आगो लगायो?’ भन्ने होइन। आगो लाग्ने वातावरण किनबन्यो? असन्तुष्टि किनयतिगहिरियो? राज्यले नागरिकको आवाजकिन समयमै सुन्न सकेन? र राजनीतिक नेतृत्वले परिस्थितिलाई नियन्त्रणमा लिनकिन सकेन?यीप्रश्नको उत्तर खोज्नु आवश्यक छ।
अर्कोतर्फ, बाह्यशक्तिको भूमिकावा हस्तक्षेपको आशंकाभएत्यसको अनुसन्धानतथ्य र प्रमाणका आधारमा हुनुपर्छ। हरेक असफलताको दोष बाहिर खोजेर आन्तरिक कमजोरीबाट उम्किनखोज्नु पनि समाधानहोइन। राष्ट्रिय स्वाधीनताको रक्षागर्न सबैभन्दापहिले आफ्नै संस्थाबलियो हुनुपर्छ।भदौ २४ को सबैभन्दा ठूलो त्रासदीयहीहुन सक्छ, देशलाई बचाउने नाममा देशकै संरचनाकमजोर पारिनु।चोर घरभित्र पसेको भएचोरलाई निकाल्नुपर्छ। घरको कमजोरी छ भने ढोकाबलियो बनाउनुपर्छ। घरका सदस्यबीचविवाद छ भने संवादगर्नुपर्छ। तर रिसको झोकमा घर नै जलाउनु कुनै समाधानहुन सक्दैन।
आजको नेपालले यहीविवेक देखाउनुपर्ने समय हो। राजनीतिकअसहमति रहोस्, तर हिंसा होइन। सत्ता परिवर्तनको बहस होस्, तर राज्यको अस्तित्वमाथिप्रहार होइन। सरकारमाथिप्रश्न उठोस्, तर नागरिकको जीवन र सार्वजनिक सम्पत्तिको सुरक्षापनिउत्तिकै प्राथमिकतामा रहोस्।भदौ २४ इतिहासको एउटा कालो दिनमात्रनबनोस्। त्यो दिनले दिएको पाठ यतिहोस्, ‘चोर घरभित्र छि¥यो’ भनेर चिच्याउँदै आफ्नै घरमाआगो लगाउने गल्तीअबकहिल्यै नदोहोरियोस्।