क-कसलाई लागू हुँदैन जोर-बिजोर प्रणाली ?

14.7k Shares

काठमाडाैं । कोरोना जोखिम बढ्दै गएको भन्दै  काठमाडौं उपत्यकामा शुक्रवार राति १२ बजेदेखि लागू हुने गरेर जोरबिजोर प्रणाली लागू गरिएको छ । यो प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारीसाधन (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधनहरू सञ्चालन गर्नुपर्ने छ । यद्यपि अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगायत कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनहरू (चालक र सहचालक मात्र), निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक र सहचालक मात्र) लाई जोरबिजोर लागू हुने छैन । 

त्यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थाका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, बैंक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनी/डाँक तथा कुरियर सेवा/दूरसञ्चार सेवा प्रदायक निकाय कर्मचारीले प्रयोग गर्ने सवारीसाधनलाई पनि जोरबिजोर लागू हुने छैन । 

पत्रकारहरूको हकमा सूचना विभागबाट जारी प्रेस पास वा पत्रकार परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ भने सरकारी सवारी साधन र कूटनीतिक नियोगका सवारीसाधनलाई पनि जोरबिजोर लागू नहुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

सम्बन्धित समाचार