भट्टीमा झगडा हुदा सशस्त्रका घुमुवा घाइते

1k Shares

पर्सा । सशस्त्र प्रहरी बलकाे मधेस प्रदेशका चर्चित घुमुवाकाे रूपमा चिनिएका हवल्दार पन्नालाल यादवले नराम्रोसंग कुटाइ खाएका छन् । बुधबार सांझ बिरगंजकाे बसपार्कमा एक मदिरा पिउने रेष्टुरेन्टमा झगडा हुदा उनले कुटाइ खाएका हुन । हाल बारा जिल्लाकाे पिलुवा स्थित ४० नम्बर गणमा दरबन्दी भएका यादव मधेस प्रदेशका चर्चित घुमुवा मात्रै हाेइनन् कि राजु अर्याल महानिरीक्षक भएको बेलामा सचिवालयबाट घुमुवाकाे रूपमा खटिएका थिए । यसरी खटाउने काम अर्यालका बिश्वास पात्र डिएसपी सुदिप रेग्मीले गर्दै आएका थिए । मासिक रकम बुझाउने तस्करकाे सामान पक्राउ नगर्ने र रकम नदिनेकाे सामान पक्राउ गरेर बारा , पर्सामा व्यापारीहरूलाई अनेकन दुख दिदै आएका यी चर्चित घुमुवा पन्नालाल यादवलाई अरूण नाम गरेका व्यापारीले नराम्रोसंग कुटपिट गरेका हुन् । एउटै भट्टी रक्सी सेवन गर्ने क्रममा भेट भएका उनीहरू बीच बिबाद भए पछि कुटपिट भएको हो । कुटपिट पछि प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय श्रीपुरले दिएको जानकारी अनुसार मदिरा सेवनकाे क्रममा उनीहरू बीच बिबाद भएको थियो र पछि कुटपिट भएको थियो । कुटपिट पछि प्रहरीले अरूण भन्ने व्यक्तिलाई पक्राउ गरि हिरासतमा राखेको छ । 

उता कुटाइ खाने सशस्त्रका हवल्दार यादवले भने कार्यरत रहेको ४० नम्बर गणमा भने आफन्तलाई काठमाडौ आँप पठाउन बिरगंज बसपार्क गएको र त्यही बेला अरूण भन्नेले कुटपिट गरेको जानकारी गराएको गण स्रोत बताउँछ । तर घटना फरक थियो । 

घुमुवा यादवले काराेवारी अरूणलाई भनेजति रकम नदिएको कारण अनेकन दुख मात्रै हाेइन कि सामान पक्राउ गर्दै बुझाउदै गर्ने गरेका थिए । निज घुमुवा यादवले उनलाई लागूऔषध केशमा समेत फसाउने प्रयास गरेका थिए । उनी अहिले पनि ४० नम्बर गणमा दरबन्दी भए पनि सधै बिरगंजमा नै देखिन्थे । गणमा सबै सेटिङ मिलाएर उनी बिरगंज गएर अहिले पनि घुमुवा भन्दै रकम उठाउने काम गर्दै आएका थिए ।

सम्बन्धित समाचार