क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

1k Shares

विश्व। तीव्र प्रतिस्पर्धाबीच क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा बिहान भएको खेलमा पोर्चुगलले २–१ को नतिजा आफ्नो पक्षमा पारेकाे छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५२औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल २–१ ले विजयी भयो ।

खेलको अन्तिम १५ सेकेन्ड बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन । योसँगै पोर्चुगल विजयी बन्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार