काठमाण्डौ - विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो । न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलोपटक ७ दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।
आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ । पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौं ल्याइएको हो । यसैबीच एमालेले पौडेलको पक्राउलाई गैरन्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।