विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

2.3k Shares

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते भएका छन् भने १ सय ९५ घरपरिवार प्रभावित भएका छन् । 

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदका ३७ वटा घटना दर्ता भएका छन् । 

जसमा आगलागीका ८ वटा घटना हुँदा ३४ घरपरिवार प्रभावित भएका छन् । 

त्यस्तै चट्याङका १० वटा घटना हुँदा ३२ घरपरिवार प्रभावित भएका छन् भने यसबाट ३ जना घाइते भएका छन् ।

यस्तै, हावाहुरीका ८ वटा घटनामा ३१ घरपरिवार प्रभावित भएका छन् । सर्पदंशका १ घटनामा १ जना घाइते भएका छन् भने पहिरोका १ घटनामा ४ घरपरिवार प्रभावित भएका छन् । 

वन्यजन्तु आक्रमणका ३ वटा घटनामा ४ घरपरिवार प्रभावित भएका छन् र १ जना घाइते भएका छन् । 

बाढीका १ घटनामा २ घरपरिवार प्रभावित भएका छन् भने हिमपातका २ घटनामा ६ घरपरिवार प्रभावित भएका छन् ।

यी घटनाबाट ठूलो मानवीय क्षति नभए पनि जनधनमा क्षति पुगेको छ ।

सम्बन्धित समाचार