राजेन्द्र खड्कासहित सात एसपीलाई कामु एसएसपीको जिम्मेवारी

16.2k Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हु्न् ।

साधारण समूहतर्फ राजेन्द्र खड्का, उद्धवबहादुर न्यौपाने र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिने निर्णय गरिएको छ । प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ । सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ ।

कानुनतर्फ युवराज अर्याललाई कामु एसएसपीको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) विदुर खड्काले रातोपाटीलाई बताए ।

सम्बन्धित समाचार