संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

4.8k Shares

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूको बैठक बोलाएको छ ।

बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलहरूको बैठक बोलाइएको हो ।

फागुन २१ को निर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‍मा प्रतिनिधित्व गर्दैछन् ।

बिहीबारको संयुक्त बैठक सिंहदरबारस्थित संसद् सचिवालयस्थित महासचिवको कार्यकक्षमा बस्ने भएको छ ।

कुन दलबाट को-को नेता सहभागी हुने भन्ने चाहिँ खुलाइएको छैन । अहिले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिइरहेको छ।

सम्बन्धित समाचार