सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

4.9k Shares

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार २०० रुपैयाँ घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ९०० सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा चाँदी तोलामा ५ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार