भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त

14.7k Shares

काठमाडौं, १८ जेठ । भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यो घटनामा कोही पनि हताहत भएको खबर छैन । किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि दुई जना पाइलट सफलतापूर्वक विमानबाट निस्कन सफल भएको जानकारीमा उल्लेख छ । 

भारतीय वायुसेनाले यो घटनाको कारण बारे पत्ता लगाउनका लागि अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।

सम्बन्धित समाचार