जेनजी प्रदर्शन हुँदा हिरासतबाट भागेकी महिला लागुऔषध सहित पक्राउ

5.5k Shares

काठमाडौं प्रहरी हिरासतबाट भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
धनकुटाकी ३० वर्षीया सविना अधिकारीलाई नागढुंगाबाट पक्राउ गरिएको हो।
उनलाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा काठमाडौँ प्रहरीको हिरासतबाट भागेका एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ घर भएकी ३० वर्षीया सविना अधिकारी बुधवार काठमाडौँको नागढुंगाबाट पक्राउ परेकी हुन् ।

राजविराजबाट आउँदै गरेको बा.प्रदेश–००१–००६ ख ७४२० नम्बरको बसमा सवार आरोपीको साथबाट ८८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

यसअघि ब्युरोले उनलाई १ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो । जेनजी प्रदर्शन हुँदा उनी भदौ २४ मा हिरासतबाट भागेका थिइन् । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार