भिजिट भिसा प्रकरणः फेमिली होलिडेजका सञ्चालक भण्डारीलाई धरौटीमा छाड्न आदेश

6.6k Shares

काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा २ सय ५७ जनालाई विदेश पठाउने भूमिका निर्वाह गर्ने फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दीपक भण्डारीसँग धरौटीमा छाड्ने आदेश दिएको छ । 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । 

अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराइसँगको मिलेमतोमा ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का र फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक भण्डारीसँग मिलेर २५७ जना यात्रुलाई भिजिट भिसामा विदेश पठाउने प्रक्रिया सहज बनाउन घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

सम्बन्धित समाचार