घर–घरमा ‘भुुईंसोरी’ सुहाङ

3k Shares

इलाम, फागुन ४ गते । ‘सेवारो है सेवारो, मत फेरि आएँनि’ भुुईंसोरी ढोग गर्दै हरेक मतदाताका दलिन र ढोका सम्म पुुग्ने सुहाङ नेम्वाङको भोट माग्ने शैली र कला फरक छ । 

गएको उप–निर्वाचन २०८१ मा इलाम –२ बाट निर्वाचित सुहाङ १६ महिना बित्न नपाउँदै पुनः आफ्नो क्षेत्रका मतदातामाझ यसरीनै पुुग्दै हुुनुुहुन्छ । 

सरल, मिजासिलो र नम्र स्वभाव देखाउने सुुहाङ आफ्नै स्वभाव र व्यवहारले मतदाता रिजाउने अब्बल क्षमता भएका उम्मेद्वार मानिनुु हुन्छ । मतदाता भेट्दा कहिल्यै मलाई भोट दिनुु है जित्नुु छ नभन्ने सुुहाङ अहिले पनि आर्शीवार्द माग्दै घरदैलोमा व्यस्त रहनुु भएको छ । 

‘जे गर्न सकिन्छ त्यो गर्छु तर गर्न नसकिने कुरा ढाँटेर हिंड्दिन, तपाईहरुको आँशुु मैले पुछ्नुु छ ।’ सुहाङले धेरै बोले मतदातालाई भन्ने यतिनै हो । कसैलाई गाली गर्न नरुचाउने सुुहाङले आफ्नो पाटी पंक्तिलाई पनि गाली गलौजमा नलाग्न आग्रह गरिरहनुु भएको छ । 

चालुु आर्थिक वर्षमा आफ्नो क्षेत्रमा परेका धेरै योजनाहरु वर्तमान सरकारले काटिदिए पछि त्यसको निकै असर व्यहोरेका सुहाङ इलाम–२  मा अपुरा रहेका धेरै योजना र विकासका काम पुरा गराउन आफूू दृढ रहेको पनि मतदातामाझ प्रतिबद्ध हुनुुहुुन्छ ।  बृद्धवृद्धा, युवा र केटाकेटी माझ निकै भिजेका सुुहाङ सँग फोटो खिचाउनेको ‘क्रेज’ पनि उत्तिकै हुने गरेको छ । 

कांग्रेसका भेषराज र रास्वपाका गोकुल पनि मतदातामाझ

विगतका निर्वाचनहरुमा विजय हासिल गर्दै आएको एमाले सहित इलाम–२ का लागि उम्मेद्वार नेपाली कांग्रेसका भेषराज आचार्य पनि अहिले मतदाताका घर–घर पुुग्दै हुनुुहुुन्छ । आफ्नो क्षेत्रका धेरै गाउँ र घर पुुगिसक्नुु भएका आचार्यको एउटै आग्रह छ मलाई जिताउनुु होस । 

इलाम–२ कै चुनावी मैदानमा रहनुु भएका राष्ट्रिय स्वतन्त्र पाटीका गोकुलल राई पनि मत माग्दै मतदातामाझ हुुनुुहुन्छ । यता इलाम–२ कै लागि राष्ट्रिय परिवर्तन पाटी र उज्यालो नेपालका साझा उम्मेद्वार दिवस राई इलामको विकास, कृषिको बजारीकरणका लागि जनताको अवश्यकता अनुसार आफू चुुनावी मैदानमा रहेको बताउनुु हुुन्छ । 

इलाम–२ मा सुहाङ, भेषराज सहित नेपाली कम्युनिष्ट पाटीका ओमबहादुर गुुरुङ,  नेपाल जनमुक्ति पाटीका यामबहादुर योङहाङ, राप्रपाका गणेशप्रसाद दुलाल, राष्ट्रिय परिवर्तन पाटीका दिवस राई, श्रमसंस्कृति पाटीका सुदिप राई, मंगोल नेशनल पाटीका श्याम लिम्बुु, नेकपा माओवादीका होमप्रसाद खतिवडा, जनता समाजवादीका बलबहादुर आङ्देम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादरसिं लिङदेन लिम्बू, राष्ट्रिय जनमुक्ति पाटीकी पवित्रा तुम्बाहम्फे,राष्ट्रिय स्वतन्त्र पाटीका गोकुुल राई र स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतम गरि १४ जना चुनावी मैदानमा हुनुुहुुन्छ ।  

सम्बन्धित समाचार