काठमाडौं । बागमती प्रदेश सभा माननीय मीन कृष्ण महर्जनले विकास निर्माणको कार्य तिब्र गतिमा अगाडि बढाउनुपर्ने भन्दै गर्जिएका छन् ।
बागमती प्रदेश सभामा बोल्दै महर्जनले काठमाडौं हेटौंटाको सबैभन्दा छाटो कान्तिलोकपथ समयमा निर्माण नभएको भन्दै सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । महामानव विशेश्वर प्रसाद कोइरालाले २०१७ सालमा सिलान्यास गरेको सो राजमार्ग बजेट निकासा भइसकेको अवस्थामा पनि ठेकेदार र सडक विभागको डिजीको भागबण्डाकै कारण हालसम्म पनि निर्माण कार्य नभएको पनि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।
ललितपुर क्षेत्र नं. १ ‘ख’ प्रदेशबाट प्रत्यक्ष निर्वाचित माननीय मीन कृष्ण महर्जन विकास प्रेमी नेताको रुपमा पहिचान बनाइसकेका नेता हुन् । महर्जनले सभामा बोल्ने क्रममा कर्णलीको रुपमा रहेको ललितपुरको दक्षिणी भेगको सदरमुकामको रुपमा हेरिने गोदावरी नगरपालिकाको ११ नम्बर वडा बज्रबाराहीमा रहेकाे जिल्ला अस्पतालमा बिरामी उपचार गर्न जाँदा डाक्टर नहुने, नर्स नहुने ललितपुर जिल्ला जस्ताे अस्पतालमा एउटा एक्सरे मेसिनसम्म नभएकाे, अाैषधी उपलब्ध नहुने जस्ता समस्याका कारण स्थानीयहरूले जनप्रतिनिधिहरूलाई गाली गरिरहेकाे अबस्था छ । त्यसैले साे जिल्ला अस्पताल ब्यबस्थित रूपमा संचालन गर्न मुख्य मन्त्री र स्वास्थ मन्त्रीलाई माननीय मीनकृष्ण महर्जनले ध्यानाकर्षण गराएका छन् ।
कर्णालीको रुपमा हेरिने दक्षिण ललितपुरका आश्राङ, गिम्दी, म्यूटारलगायतका गाउँहरुमा बाटोघाटो, खानेपानी, कृषी, शिक्षालगायतका विषयमा अहिलेसम्म पनि विकास निर्माण कार्य खासै नभएको पनि ध्यानाकर्षण गराएका थिए ।