अभिनेत्री प्रियङ्का कार्की फिल्म 'पारस' मा प्रवेश गरेकी छिन्।
कृषा चौँलागाईंको निर्देशन रहने फिल्ममा निखिल उप्रेती र जसिता पनि छन्।
निखिलको जोडी जसिता वा प्रियङ्का को हो भन्ने खुलाइएको छैन।
काठमाडौँ । फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो । फिल्म कृषा चौँलागाईंले निर्देशन गर्न लागेकी हुन् ।
फिल्मको कलाकारको रूपमा यसअघि निखिल उप्रेती, जसिता भित्रिएका थिए । फिल्ममा निखिलको जोडी जसिता कि प्रियङ्का ? भन्ने खुलाइएको छैन । जसिता फिल्ममा अनुबन्धित हुँदा अधिकांशले जसिताको अपोजिटमा निखिल उप्रेती हुने भनेर चर्चा गरेका थिए । तर अब प्रियङ्का कार्की पनि फिल्ममा जोडिएपछि को कसको जोडी हुन् भन्ने खुलाइएको छैन ।
एक्सन तथा सामाजिक कथामा फिल्म निर्माण हुने लागेको हो । फिल्मको विस्तृत जानकारी केही समयपछि दिइने बताइन्छ ।