राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम

17.8k Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने दुई खेलमा दुई टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले  दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नाै नयाँ अनुहारलाई मौका दिएका छन् । 

नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चाैधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्ती, शुसिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् । 

शनिबार हुने पहिलो मैत्रीपुर्ण खेलका लागि अब्दुल्लाहले २३ खेलाडीलाई टिममा राखेका छन । जसमा जगजित श्रेष्ठ र बिमल घर्तिमगरलले कमब्याक गरेका छन भने क्रितिस रत्न छुन्जु र आकाश बुढामगरले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन । 

पहिलो मैत्रीपुर्ण खेलका लागि नेपाली टिम

किरण कुमार लिम्बु, दिप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्रितिस रत्न छुन्जु, जगजित श्रेष्ठ 

सम्बन्धित समाचार