काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ ।
आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेशलाई सदर गरेको हो । विशेष अदालतले थुनामा पठाउने आदेश गरेपछि अधिकारी त्यसविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका थिए । यसअघि मङ्सिर २१ गते विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाखरुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध मङ्सिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।