न्युरोड टिमले संकटा क्लब पराजित

6.2k Shares

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीको जितमा क्रितिसरत्न छुजुले खेलको १० औँ मिनेटमा र टिमोथी ओकेरेकेले ६६ औँ मिनेटमा गोल गरे, अर्को गोल भने आत्मघाती उपहार पाएको थियो ।

संकटा क्लबका तर्फबाट एकमात्र गोल कृष्ण बहादुर खेलको ५५ औँ मिनेटमा गरेका थिए । जितसँगै एनआरटीले १२ अंक जोडेको छ भने संकटाको ५ अंक रहेको छ ।

सम्बन्धित समाचार