पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले लिए क्रिकेटबाट सन्यास

15.7k Shares

पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनको १८  वर्षको करियरको अन्त्य भएको छ ।

हाफिजले ३२ खेलमा पाकिस्तानका कप्तानी गरेका थिए । उनले पाकिस्तानका लागि ५५ टेस्ट, २१८ एकदिवसीय र ११९ ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलेका छन् । 

पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको वक्तव्यमा मोहम्मद हाफिजले भनेका छन्, ‘मैले आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिँदैछु । मैले आशा गरे भन्दा धेरै उपलब्धि हासिल गरेँ । मेरो खेल जीवनमा सहयोग गर्ने साथी खेलाडी, कप्तान, सहयोगी कर्मचारी र पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु ।’

सम्बन्धित समाचार