आयोगमा जेइओसी स्थापना, निर्वाचन तयारी तीव्र

4.7k Shares

काठमाडौँ, माघ ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । 

कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय परिसरमा स्थापना गरिएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो । निर्वाचन अनुगमन निर्देशिका, २०८२ को दफा ११ बमोजिम आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ । केन्द्रमा सम्बन्धित निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहने छ ।

सम्बन्धित समाचार