मधेस–प्रदेशमा तीन सय बढीले गरे मतदान

6.6k Shares

जनकपुरधाम ।  मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको  राष्ट्रियसभा  सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म तीन भन्दाबढीले मतदान गर्नुभएको छ । 

राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता हुनुहुन्छ। 

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव,  उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसक्नुभएको छ । आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ । 

सम्बन्धित समाचार