तराईका थोरै ठाउँमा हुस्सु : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

3.5k Shares

काठमाण्डौ – आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मधेश, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा घटेको छ ।

आज बिहान काठमाण्डौमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो । हिजो बिहान पौने ६ काठमाण्डौमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको थियो ।

सम्बन्धित समाचार