सुनको भाउ आज १ हजार ७०० रुपैयाँले बढ्यो

2.2k Shares

काठमाण्डौ –कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ १ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ १ हजार १०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको थियो । अस्ति बुधवार सुन तोलाको २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।

मंगलबार सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भयो । सुनको भाउ सोमबार २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेको छ । चाँदी आज ४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार २५५ रुपैयाँ थियो ।  

सम्बन्धित समाचार