नेप्से २ हजार ६ सय १० विन्दुमा झर्‍याे, ५ अर्ब रुपैयाँभन्दा धेरैकाे शेयर काराेबार

2.9k Shares

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २९ अङ्कले घटेर २ हजार ६ सय १० दशमलव ६३ विन्दुमा झरेको छ ।

आज होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ ।

आज ५ वटा कम्पनीको शेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विन नेपाल लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीको १ करोड २ लाख कित्ता शेयर ५ अर्ब १ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार