9.3k
Shares
काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो ।
गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । घाइतेको उपचार जारी छ ।