-श्वामी सत्यव्रत
प्रेम जीवनको आकांक्षा, मृत्युको आतुरता हो घृणा,
मुस्कुरहाट हुन्छ सुखमा, विपदमा भने वितृष्णा ।
समर्पण हुन्छ पे्रममा, संकल्प भने ध्यानमा,
संकल्प समर्पण एकै हुन्, शाश्वत आत्मिक ज्ञानमा ।।
यसैलाई मान हत्या, ध्यानले अर्कोलाई छोड्दछ,
द्वैतबाट अद्वैतमा जाऊँ, प्रेमले दुईलाई जोड्दछ ।
मार्ग दुई छन् समानका, सरल छ बुभ्mनलाई,
सहज रुपमा लिन्छन् ज्ञानी, ऊँकार र अहंकारलाई ।।
जाग्नको लागि दुई छन् मार्ग, गुरु र गुरु विना पनि,
जरै काटिए पनि थाहै नहुने, सकियो जीवन जानी नजानी ।
गर्भ र भविष्यको सत्यता, अज्ञात नै हुन्छ मान वा नमान,
शाश्वत सत्य त्यही हो, स्वयंको अस्तित्वलाई सबैले जान ।।
ठूला ठूला विद्वानहरु पनि, आत्मबोध नगरी मार खाएर गए,
परोपकार पुण्याय, पायय परपिडनम्मा नतमस्तक भए ।
स्वयंदेखि स्वयंसम्मको यात्रा नै, समाधान र शाश्वत ऊँकार,
मोक्ष लाभ गर्ने दुई मार्गहरु मध्ये दोश्रो हो, हत्या रुपी अहंकार ।।
बुद्धको आत्मा र कृष्णको परमात्मामा, फरक के छ भने,
जान्न बाँकी केही छैन, आपैmलाई आपैmले पूर्ण रुपमा जाने ।
आत्मा ज्ञान लाभ हुन्छ , दुइ बाटाहरु अपनाएर
त्याग गर्ने दुर्गम पथ हो भने, भोगद्वारा आत्मज्ञान पाएर ।।
जीवनमा भगवत्ता प्राप्त गर्ने दुई वटा मार्ग छन्, एउटा त आफ्नो अहंकारलाई मौजुदा राखेर, अर्को ऊँकारमा रहेर । एउटा त अरुको हत्या गरेर अर्को आफ्नो हत्या गरेर । पतञ्जली, बुद्ध, महावीर यी सबैले अन्ततः ध्यानबाट नै सर्वश्व प्राप्त हुन्छ, पे्रम बन्धन हो र पे्रमलाई त मार्नै पर्छ भन्ने दृष्टिकोण प्रतिपादन गरे । जीवनमा आपूmमात्रै एक्लै रहन सक्नु ठूलो उपलव्धी हो, जीवनमा कोही पनि आफ्नो बाधक भएर नआवस् । सबैसँग आफ्नो नाता नरहोस्, आफ्नै जन्म दिने आमा बुबाहरुसँग पनि । योगीजनलाई परमात्मासित केही लिनुदिनु छैन किनकि उनीहरुले ध्यानद्वारा दोश्रोबाट आपूmलाई मुक्त गराउँनको लागि नै बर्षौ बर्ष ध्यान गरेका हुन्छन् । तपाइहरुलाई अचम्म लाग्ला कुनै पनि हालतमा जसले ध्यान मात्रै गर्छ, आपूmलाई चौतर्फी ढङ्गले अगाडि बढाउन सक्दैन, त्यो ध्यान गर्ने व्यक्तिले प्रेमलाई स्थान दिदैन । पश्चिमी नास्तिक विचारक एपिकुरसले भनेका छन् कि जो विद्वान हुन्छ, उसले विवाह गर्दैन । उनको भनाई अनुसार विवाह गर्ने अज्ञानी हो, ज्ञानीले नै ाबिि ष्ल यिखभ भन्ने शव्दको प्रतिपादन गरेको हुन् । खस्नु भनेको प्रगति होइन, विवाह गर्नु र प्रेम गर्नुमा धेरै फरक छ । ज्ञानी, विद्वान व्यक्तिहरुले विवाह गर्न सक्दछन् तर प्रेम गर्न सक्दैनन् भनेका छन् ।
अर्को तर्फ भगवत्ता प्राप्त गर्ने मार्ग मध्ये पे्रम भन्दा अर्को विकल्प छैन भन्ने शाश्वततालाई पनि मैले केही उजाग्र गर्न चाहें । यस मार्गका नाम लिनु पर्दा कृष्ण, मीरा, सूफी, चैतन्य आदि जसले जबसम्म व्यक्तिमा पे्रमको बर्षा हुँदैन, तबसम्म व्यक्तिको अहंकार ऊँकारमा रुपान्तरण हुन सक्दैन । अहंकारलाई जलाउने एकमात्र अस्त्र प्रेम हो । अध्यात्ममा प्रतिष्पर्धा र तुलना हुन सक्दैन तर व्यक्तिले अहंकारलाई यथावत राखेर कहिल्यै पनि शान्ति लाभ गर्न सक्दैन । प्रेममा अहंकार होइन, समर्पण हुन्छ, समर्पण भाव भनेको बुद्धिको चतुर्याई होइन, हृदयको भाव हो । प्रेममा दोश्रोसँग निर्भर हुने भन्ने हुँदैन, द्वैत नै रहँदैन, दुइवटा शरीर भए पनि भाव एउटै हुन्छ, भाव परम् हुन्छ । त्यहाँ अहंकारलाई स्थान हुँदैन । यो भन्दा चरम प्राप्ती अरु हुन सक्दैन, जडसूत्रवादी भगवत्ता कुनै कामको हुँदैन । जसले प्रेम गर्दछ, उसले आफूलाई मेटाउँछ या ऊ मेटिन्छ, आखिरमा एक मात्रै रहन्छ । त्यही नै परमात्मा हो – अद्वैत तर अर्को तर्पm ध्यानीहरुले आत्माभन्दा ठूलो कोही र केही पनि छैन भन्दछन् । त्यसैले उनीहरुले आफ्नो आत्मा नै सर्वश्व हो, आफ्नो स्व लाई बचाइ राख्नु पर्दछ भन्दछन् जुन अहंकार हो ।
प्रेमको सम्बन्धमा जलालुद्धिन रुमीले आफ्नो एउटा कवितामा लेखेका छन्, एउटा केटा आफ्नी प्रेमिकाकोमा गएर ढोका ढक्ढकाए, पे्रमिकाले सोधिन्, बाहिर को हो, प्रेमीले भन्यो – मलाई चिनेनौ, मैले त म हिडेको आवाजबाट नै चिन्दछौ जस्तो लागेको थियो, म तिम्रो प्रेमी । भित्रबाट आवाज आएन र ढोका पनि खुलेन । उसले अन्त्यमा भित्रबाट जबाफ पायो जबसम्म तिमी छौं, तबसम्म पे्रमको ढोका खुल्न सक्दैन । जहिले तिमी तयार हुन्छौं तब आउनु, पे्रमी धेरै लामो समयपछि फर्केर आयो, फेरी पनि भित्रबाट त्यही प्रश्न सोधिन्, तब पे्रमीले जबाफ दियो कि अव त तिमीमात्रै छौं । त्यसपछि ढोका सहजै खुल्यो, भित्रबाट पूर्ण रुपमा समर्पणका साथ ।
भगबत्ता प्राप्ती अद्वैतबाट हुने हो, द्वैतबाट होइन, अद्वैतको अवस्थामा पुग्ने दुईवटा मार्गहरु छन् – एउटा समर्पण भावबाट, अर्को अहंकार भावबाट । एउटा कृष्णवत भएर, अर्को बुद्ध भएर । बुद्धलाई मैले अहंकारीको संज्ञा दिन खोजेको होइन तर कृष्णले प्रतिपादन गरेको धर्म कुन भन्ने, चैतन्य महाप्रभूले प्रतिपादन गरेको धर्म कुन, मीराले प्रतिपादन गरेको धर्म कुन, सूफीले प्रतिपादन गरेको धर्म कुन हो ? पतञ्जलीले चलाएको आर्य अष्टाङ्ग योग, बुद्धले चलाएको बौद्ध दर्शन – यसलाई बोलिचालिमा बौद्ध धर्म पनि भनियो, महावीरद्वारा चलाइएको जैन धर्म आदि । आफ्नो स्वःलाई बचाइ राख्नु भनेको अहंकारलाई प्रश्रय दिनु नै हो । ध्यानीहरुले दोश्रोलाई भुलेर आत्मज्ञान लाभ गर्दछन् भने प्रेमीहरुले आपूmलाई भुलाएर आत्मा ज्ञान प्राप्त गर्दछन् । ध्यानीहरुले दोश्रोलाई बाधा मानेर उनीहरुबाट मुक्त हुन्छन् भने प्रेमीहरु आपूmबाट नै मुक्त हुन्छन् । ध्यानीहरुले दोश्रोको हत्या गर्दछन् भने प्रेमीहरुले आफूलाई मेटाउँछन वा आत्महत्या गर्दछन्, प्रेममा म न रहुँ, उहीमात्रै बचोस् । ध्यानमा ऊ नरहोस् ममात्रै बाचुँ एक्लै, यो म भन्ने आइनेस नै अहंकार हो ।
यी दुबै मार्ग अति नै प्रभावकारी र लाभकारी छन् । मैले यी दुबैमा कुन राम्रो र कुन नराम्रो भनेर छुट्टाउनु पर्यो भने मौन रहनु शिवाय अर्को मार्ग छैन । साधना र अध्यात्म ज्ञानसँग भगवानको कुनै पनि लिनुदिनु छैन । यी दुबै मार्गमा तुलना र प्रतिष्पर्धा हुन सक्दैन, मोक्ष लाभ गर्नको लागि ज्ञान मार्ग र भक्ति मार्ग बाहेक अरु मार्ग छैनन् । कर्म र ज्ञानलाई एकै ठाउँमा राख्न सकिन्छ भने भक्ति र प्रेमलाई एकै ठाउँमा राख्न सकिन्छ ।
एउटा कहानीलाई मैले यहाँ प्रस्तुत गर्न चाहें, पे्रम के हो त ? मानिसको सही पहिचान आपतको घडीमा हुन्छ, सुखमा त सबैलाई आनन्द नै छ । एक जना युवतीको विवाहको लागि तीन जना वरहरुले एकैचोटी प्रस्ताव राखेछन् । ती युवतीलाई कोसँग विवाह गर्ने भन्ने बारेमा बडो मुस्किल परेछ । खास गरिकन कसले बढी माया गर्छ भन्ने बारेमा त आपतको घडीमा थाहा हुन्छ । त्यस युवतीले पनि कोसँग विवाह गर्ने भन्ने बारेमा निर्णय नगर्दै विरामी परेर मृत्यु वरण गरिन् । अब ती तीन जना युवकहरु पागल जस्तै भए, एउटाले त्यसै युवतीको बृद्ध पिता हुनुहुन्थ्यो, त्यसैलाई स्याहार संभार गरेर बस्ने निर्णय गरी सेवामा जुटे । त्यस युवतीका पिता सितार वादक थिए, जब त्यो युवक सेवामा गयो । त्यस युवतीका पिता त सितार बजाएर मस्त बसेका थिए, त्यो युवकले भन्यो तपाइको छोरी मरेकी छिन् तपाई भने सितार बजाएर मजा लिइ रहनु भएको छ । त्यस बृद्ध पिताले भने को मर्दछ र को बाँच्दछ भनेर सितार बजाएर बसें । त्यो युवक असमञ्जस्यमा पर्यो किनकि सेवा त दुःखीको गर्ने हो, यो बृद्ध पिता त दुःखी छैन । ऊ त्यस बृद्धलाई छोडेर गयो तर त्यस युवतीको पिता भएको कारणले गर्दा मन नलागी नलागी पनि सेवामा नै जुट्यो । ९९ प्रतिशत मानिसहरु दुःखी दरीद्रको सेवाको खोजीमा हुन्छन् । सक्षम व्यक्ति भएको ठाउँमा प्राय गरेर सेवाको आवश्यकता पर्दैन ।
च्वांगत्से महान सन्त नै थिए, उनकी श्रीमतीको मृत्यु भएको बेलामा त्यस राज्यका सम्राट समवेदना प्रकट गर्नको लागि तयारी अवस्थामा त्यस सन्तको घरमा गए । समवेदना दिन जाने वेलामा धेरै सोचे बुझेर जाने गर्दछन्, किनकि त्यो अवस्था अति नाजुक हुन्छ र कहीं कतै गल्ती शव्द ननिस्कियोस । त्यसैले समवेदना प्रकट गर्न जाँदा ५÷७ जना सँगै जाने गरेको पनि पाइन्छ । च्वांगत्सेको घरमा जाँदा सम्राट पनि पूरा रिहर्सल गरेर गए । सम्राट अति नै उदास अनुहार बनाएर गएका थिए तर जब सम्राट फकिर च्वांगत्सेको घरमा पुगे, उनले त्यहाँ देखे कि च्वांगत्से एउटा झाडीमुनि बसेर खैजडी बजाइ रहेका थिए । सम्राट अचम्ममा परे, सम्राटलाई देखेर च्वांगत्सेले खैजडी बजाउन त बन्द गरे तर उनको अनुहारमा कत्ति पनि बदलहाट थिएन । उनी सदा जस्तै नै थिए, सम्राटले भने कि यो के गर्नु भएको दुःखी नहुनुहोस् ठीकै छ तर खैजडी त मबजाउँनुहोस्, नरुनुहोस् ठीकै छ तर यो उत्सब मनाउँने क्षण त होइन ।
च्वांगत्सेले भने कि ऊर्जा दुई प्रकारले मूर्त रुपमा काम गर्दछ, या त मुस्कुराहट बनेर, या त आँसु बनेर बहन्छ । यी दुबैको बीचमा कुनै पनि ठाउँ रहँदैन, सम्राटलाई च्वांगत्सेले भन्दछन् कि शक्ति कि त खैजडी नै बजाउँछ, कि त आँसु नै बहाउँछ । च्वांगत्सेले भन्दछन् कि यहाँ खैजडी नै बज्दछ, आँसु बहाउँनुको कुनै सार छैन किनकि न कुनै व्यक्ति मर्दछ, न कुनै व्यक्ति जन्मन्छ । अर्को महत्वपूर्ण पक्ष के हो भने मेरी श्रीमतीले मेरो यत्रो सेवा गरिन्, मलाई खुसी राखिन्, अब अन्तिम घडीमा उनलाई मैले हाँसी हाँसी विदा पनि नगरुँ । यो त उनीप्रतिको अपमान नै हुन्छ, त्यसैले मैले उनको लागि पनि उत्सबमा नै रहनु पर्दछ । सम्राट अवाक भए त्यसपछि उनी कहिल्यै पनि सन्त च्वांगत्सेका घरमा गएनन् ।
मैले मेरो जीवनको घट्ना सुनाउँन सान्दर्भिक माने, मेरो अध्यात्म कसैको आशीर्वादले गर्दा यहाँ पुगेको होइन । स्वयंमा नै अथाह साहस हुनु जरुरी छ, म आपैm संघर्ष गरेर आउने क्रममा कसैको दयामा होइन आफ्नो अधिकारलाई प्रयोग गरेर यहाँ पुगेको हुँ । यसको लागि अरुलाई पनि आफ्नो तर्पmबाट यसै प्रकारले कार्य गर्नुहोस् भनी सहयोग नै गर्दै आएँ तर ती सबै जसलाई मैले सहयोग गरे, उनीहरु मेरो विरोधमा उत्रे । त्यसो किन गरे भन्ने बारेमा मैले गहिरिएर सोच्दा मलाई दुःख लागेन, त्यो स्वाभाविकै लाग्यो । किनकि उनीहरुले मलाई सहयोग गर्ने र ममाथि दयाभाव राख्ने अवसर नै पाएनन् । त्यस्तो मौका मैले सिर्जना नै गरिन, उनीहरुको अहंकारमा चोट पुग्यो तर अन्तिममा उनीहरुलाई पश्चाताप त हुन्छ नै । यो स्वाभाविकै रहेछ किनकि सबै अध्यात्मवादी र आत्मिक यात्रामा लाग्दछन् भन्ने छैन, हुन सक्छ उनीहरुलाई यस जन्ममा उनीहरुलाई त्यो आभास पनि नहोला । मानिसहरु अरुमाथि दयाभाव राख्नमा महान सम्झिन्छन् तर त्यो दयाभाव जुन मैले राखें त्यो शाश्वत थियो न कि सापेक्ष ।
अर्को म अब सन्त बन्छु भनेर आश्रमतिर लागे, जसको अन्तिम लक्ष्य भनेको त्यही युवतीलाई पाउनु थियो । उसबाट शारीरिक र भौतिक रुपमा सुख लिने बाटो रोकियो, त्यसैले उसको राग टुट्यो । उसको यात्रा विरागतिर गयो, उसले सबै संसारमा व्यर्थतामात्रै देख्न थाल्यो । उदास, खिन्नता, निराशाबाट उत्पन्न भएको वैराग कस्तो होला । संसारप्रतिको निराशाबाट, संसारमा कुनै तत्व छैन भनेर यदि धार्मिक बनेका छन् भने यो भन्दा ठूलो मूर्खता केही हुन सक्दैन ।
जसको सन्यास संसारको अनुभवबाट पैदा भएको छ, जसको सन्तपना संसारको सुखबाट पैदा भएको छ, संसार सुख हो भने सन्यास, अध्यात्म, धर्ममा महासुख छ भनेर त्यसको खोजीमा निस्कनेहरुले सही मार्ग अपनाएका हुन् । तर संसार दुःख हो, संसार व्यर्थ हो, यसमा जानुको कुनै अर्थ छैन, त्यसैले परमात्माको खोजीमा जानु पर्छ भन्ने छ भने त्यो उही ईशपले भने जस्तै एउटा स्यालले अंगुर तिता छन् भनेभन्दा भने जस्तै हो । थोरै मेहनतको आवश्यकता पर्दछ, त्यो अंगुरलाई पाउनको लागि । खाएर त हेरौं, अंगुर तिता छन् कि मीठा भनेर, जसले संसारमा व्यर्थता छ भन्दछन् उनीहरुले संसारको सुख भोग गर्न पाएका छैनन् । जसले मन्त्री पद केही होइन भन्दछन्, उनीहरुको गहिराईमा मन्त्री बन्ने लालसा छिपेको हुन्छ । मैले सुन्ने गरेको छु कि धेरैभन्दा धेरै गरीबहरुले धनमा के छिपेको छ र भन्दछन् तर गहिराइमा उनीहरु धनी हुन चाहेका हुन्छन् ।
तेश्रोले भने तिनै युवतीको लासमाथि घर बनाएर बसे । त्यसै युवतीको लासमाथि घर बनाएर बस्नेले मलाई केही पनि चाहिदैन, मेरो अन्तिम लक्ष्य भनेको यिनै युवतीसँग विवाह गर्नु थियो – त्यो नभएपछि मलाई केही पनि चाहिएन भनेर शान्त रहे । यस व्यक्तिको रागले शीर्षासन गरेन, जसरी दोश्रो सन्यास लिएर गएको युवकले शीर्षासन गर्यो । उसलाई मृत्युले कुनै फरक पारेन, मृत्यु हो वा जीवन उसलाई समान नै थियो । प्रेम भनेको अमृत हो, अमृतलाई मृत्युले छुन सक्दैन । एक नवविवाहित दम्पत्ती घुम्न गएका रहेछन्, नवविवाहित दुलहन युवतीले सोधिछन् – हजूरले मलाई सधैभरी प्रेम गर्नुहुन्छ, श्रीमान्ले भनेछन् गर्छु । श्रीमतीले भनिन् कि म बुढी भए पनि वा म कुरुप भए पनि पे्रम गर्नु हुन्छ, श्रीमान्ले जबाफ दिएछन् – चर्चमा त सुख दुःखमा साथ दिने भनेर भनेका थिए, अरु विषयलाई त छोएका थिएनन् । अरु विषय छोड, म त्यसैमा प्रतिवद्ध छु भनेछन् । त्यस व्यक्तिलाई युवतीको रुप र आकारबाट कुनै असर परेन, कारण उसलाई युवतीप्रतिको पे्रममा उनको शरीर रहनु र नहरनुसित कुनै फरक नै परेको थिएन । उनी राग र विराग भन्दा माथि थिए – वितराग, तर्क वितर्क होइन – सतर्क ।
इच्छा रहित कार्य नै परमात्माको द्वार हो, प्रेमको द्वार हो । परमात्मा प्राप्त गर्ने इच्छा पनि बन्धन नै हो, मोक्ष लाभ गर्ने इच्छा पनि बन्धन नै हो । जो सन्त बन्न निस्केको थियो, उसले एक जना तान्त्रिकलाई भेट्यो । तान्त्रिकहरु शक्तिको होडबाजीमा जिएका हुन्छन् । तान्त्रिकहरुले जसरी भए पनि तन्त्रमन्त्र, यन्त्र आदिद्वारा आपूmलाई शक्तिशाली बनाउँन उद्दत हुन्छन् । त्यो फकिर एकदिन त्यसै तान्त्रिकको घरमा बास बस्न पुग्यो । तान्त्रिक र फकिर सँगै बसेर खाना खान लागेका थिए, त्यो तान्त्रिकको छोरो आएर अति नै दुःख दियो । तान्त्रिकले त्यस छोरालाई जुरुक्क उठाएर अग्नि कुण्डमा फ्याकीदियो । त्यो फकिरले त्यस तान्त्रिकको निर्दयता देखेर गाली गर्यो, त्यस तान्त्रिकले भन्यो – तिमीलाई थाहा छैन भनेर महामृत्युञ्जय मन्त्र पढेर पानी छ्याप्यो । त्यत्तिकैमा त्यो बच्चा हाँस्दै उठ्यो, त्यो फकिरले पनि त्यही मन्त्रलाई कण्ठस्थ गरी आफ्नी प्रेमिकाको चिहान भएको ठाउँमा आयो र उनलाई पुनः जीवन दियो । ती युवती स्वस्थ्य भइन्, अब उनले निर्णय गर्ने घडी आयो ।
प्रथम युवक जुन युवकले आफ्नो पिताजीलाई पालेर बसेको थियो, उसमा करुणा, दया, सभ्यता, शिष्टता छ, ऊ पति होइन कि पुत्र हुन लायक छ । यस युवकले दुःखीको सेवा गर्छ र साथ दिन्छ तर सुखमा साथ दिन सक्दैन, प्रेमी भनेको सुख दुःखको साथी हो । जहाँ प्रेम छ, त्यहाँ दुःख छैन भनेको होइन तर दुःख पनि सुख नै हुन्छ यदि प्रेम छ भने । एक युवतीले बच्चा जन्माउँदा उसलाई दुःख हुन्छ, पिडा हुन्छ तर पनि त्यस युवतीले त्यो दुःखलाई सुख नै मानेकी हुन्छे किनकि त्यहाँ प्रेम छ । पति त्यही बन्न सक्छ, जसले दुःख सुख दुबै अवस्थामा साथ दिन्छ ।
दोश्रो युवक जसले मलाई जीवन दान दियो, यदि मैले पिता छान्नु पर्यो भने यसै युवकलाई छान्ने छु । यो युवकले सुखमा साथ दिन्छ तर दुःखमा साथ दिन सक्दैन । कुनैले दुःखमा मात्रै साथ दिन्छ त कुनैले सुखमा मात्रै साथ दिन्छ तर सच्चा प्रेमीमा त द्वैत रहँदैन, अद्वैतमात्रै रहन्छ । जहाँ सर्त हुन्छ, त्यहाँ प्रेमको हत्या हुन्छ, विना सर्त बीना कारण नै प्रेम हुनु पर्दछ, बीना बाती बत्ती बल्नु पर्दछ । युवतीले भन्दछिन् कि जति बेला म शरीरमा थिइन, मरेकी थिएँ, त्यसबेला यो युवक साथमा थिएन, यसलाई जीवनसँग माया, मोह छ । जब म स–शरीर भए, हुन त उसैको कारणले भए तैपनि भएँ, त्यसपछि मात्रै ऊ मसँग आयो, ऊ पिता बन्न लायक छ, पति बन्न होइन ।
अब मैले पति चुन्नु पर्दछ भने तेश्रो व्यक्तिलाई चुन्ने छु किनकि उसले कुनै पनि कारण विना, कुनै पनि आकांक्षा विना, कुनै पनि सर्त विना नै मलाई प्रेम गरेको छ । आफ्नो जीवन मेरै नाममाथि समर्पण गर्यो । प्रेममा म रहँदैन भने ध्यानमा तँ रहँदैनस्, यी दुबै अवस्थामा अद्वैत मात्रै रहन्छ, द्वैत रहँदैन । प्रेममा समर्पण भाव हुन्छ भने ध्यानमा संकल्प भाव हुन्छ । परमात्माको मन्दिरमा तीनै तरहका मानिसहरु जाने गर्दछन् – पुत्र, पिता र पे्रमी । एक थरी कर्तव्य बोध गरेर जाने गर्दछन् जस्तै पिताको स्याहार गर्ने युवक । यो उसको कर्तव्यमा पर्दछ, हरेक आइतवार मन्दिरमा जाने रुटिन कर्तव्यमा पर्दछ ।
एउटा पिताले आइतवारको मन्दिरको धर्म निभाउनको लागि आफ्नो छोरालाई बोलाएछ र भनेछ, ए छोरा उठिस्, छोराले उत्तर दिएछ – उठे बाबा । ल त्यो काम पुरा गर पसलको आटामा कुहिएको आटा मिलाइस् त, छोराले उत्तर दिएछ – मिलाए बाबा, त्यो खुर्सानीको धुलोमा रातो माटो मिसाइस् त – मिलाए बाबा । गुडमा गोबर मिसाइस् त, छोराले जबाफ दिएछ – मिसाए बाबा, चामलमा कनिका र ढूटो मिसाइस् त, छोराले भनेछ – मिसाए बाबा । त्यसपछि बाबाले भनेछन् – ल ठीक छ, त्यसो भए मन्दिर गएर आऊँ । मन्दिर गएर आउनु एउटा कर्तव्य थियो, यस्तो छ, कर्तव्य मन्दिर जानुको कर्तव्य ।
अर्को संसारबाट थाकेको व्यक्ति, जीवनदेखि हार खाएर केही पाइन्छ कि भनेर पनि मन्दिरमा जाने गर्दछ । केही पायो भने आउँछ, नपाएसम्म शीर्षासन गरि नै रहन्छ । संसारबाट मैले दुःख पाए, हे भगवान मलाई मुक्ति दिनुहोस् भन्दछ । उसको आकांक्षा नै गल्ती छ, भगवानले सुख दुःख दिने होइन । यो हारेको मनस्थिती हुनेहरुले उपनाउने अन्धो आधार हो । यसको यात्रा दुःखबाट पिडित छ, यसले दुःखलाई झेल्न सक्दैन, सुख पाउने निश्चित भएपछि मात्र ऊ जीवनमा आउँछ ।
तेश्रो व्यक्ति जो मन्दिर जान्छ, ऊ मन्दिरमा छ र मन्दिर भन्दा बाहिर गए पनि मन्दिर नै साथमा गएको हुन्छ । मन्दिर नै उसको घर हो, घर नै उसको मन्दिर हो । उसको स्थितिमा कुनै पनि फरक पर्दैन, जीवन हो अथवा मृत्यु त्यसबाट उसलाई कुनै फरक पर्दैन । उसले वेशर्त नै मन्दिरलाई अपनाएको छ, ऊ जहाँ जान्छ, मन्दिर पनि साथमा नै गएको हुन्छ ।
प्रेममा तलमाथि भन्ने हुँदैन, प्रेममा समभाव हुन्छ तर दया भने आपूmभन्दा कमजोरलाई गरिन्छ, त्यसैले प्रेमी र प्रेमीकाले एक आपसमा दया चाहँदैनन् – प्रेम चाहन्छन् । बुद्धिको तलमा हो तुलना र प्रतिष्पर्धा तर प्रेम त हृदयको गुण हो, त्यहाँ कुनै प्रतिष्पर्धा र तुलना हुँदैन । दया कर्तव्यमा पर्दछ, ड्युटिमा पर्दछ । दया भाव मृत हुन्छ भने प्रेम भाव जिवित हुन्छ, दया निस्प्राण हुन्छ भने प्रेम जीवन्त ।
ईशाई धर्माबलम्बीहरु दयामाथि आधारित छ तर पनि उनीहरुको सेवाभावले गर्दा उनीहरु परमात्मासम्म पुग्न सक्छन्, जसले सेवा गरेका छन् । सेवाही परमोधर्म । यस संसारबाट यदि दुःखी, गरीब, कमजोर रहेनन् भने, भोका नाङ्गा रहेनन् भने, आदिवासी रहेनन् भने, तल्लो जात र माथिल्लो जात रहेनन् भने ईशाई धर्माबलम्बीको लागि स्वर्गको ढोक बन्द हुन्छ । यदि ईशाई धर्म मान्नेहरुले अरुमाथि दया भाव मात्रै राख्दथे भने उनीहरुको कुनै अस्तित्व नै रहने थिएन, दयाको व्याबहारीक पक्ष भनेको सेवा हो ।
त्यस्तै हिन्दू सनातन धर्ममा पनि दान विना मोक्ष सम्भब छैन भन्ने विश्वास गरिन्छ । हिन्दू सनातन धर्मका विचारक करपात्री महाराजले एउटा पुस्तक लेख्नु भएको छ, जुन रामराज्य र समाजवाद भन्ने विषयमा आधारित छ । उनले समाजवादको खुलेरै विरोध गरेमा छन्, त्यसैले पनि होला आज पनि समाजवादको बारेमा हिन्दू धर्म मान्नेहरुले सहमती जनाउन सक्दैनन् । समाजवादमा सबै समान भए भने गरीव रहेनन् भने कसलाई दान दिने । समाजमा विपन्न र सम्पन्न हुनु जरुरी छ, त्यसैले परम्परित रुढीवादीका अनुसार नै सनातन हिन्दू धर्मलाई तहस नहस पार्ने काम भएको छ । यदि दान दिन नपाएमा वा दान नगरेमा हिन्दू धर्म शास्त्रहरुका अनुसार मोक्ष सम्भव छैन । यो भन्दा अन्ध विश्वास के हुन सक्छ, जसरी सेवा स्वर्गको मार्ग बताइएको छ – यो पनि ब्रह्म लुट नै हो । मोक्ष लाभ गर्नको लागि दान एउटा सिढीं हो जसरी ईशाईहरुको लागि स्वर्गको ढोकासम्म पुग्ने मार्ग भनेको सेवा थियो । सेवा र दानसँग मोक्षको कुनै सम्बन्ध छैन, गरिवी यस धर्तीमा नै सबैभन्दा ठूलो अभिसाप हो । गरिवीबाट मुक्ति दिलाउन सक्नु नै स्वर्ग र मोक्षको अन्तिम प्राप्ति हो ।