इच्छा, आकांक्षा र कामनाको साक्षी बन्नु नै योग हो

5k Shares
-श्वामी सत्यव्रत 

योगको सैद्धान्तिक पक्ष :

The Theoritical aspect of Yoga:

योगको क्षेत्र यति बृहत् छ कि यसको बारेमा जति नै भने पनि जति नै लेखे पनि अधुरो र अपुरो नै लाग्दछ । त्यसैले अहिले योगको बारेमा केही प्रकाश पार्ने विचार जुन  गरेको छु, यसका विभिन्न अवयवहरुलाई साना साना शीर्षकहरुमा राखि दिएको छु । यसो गर्दा पक्कै पनि सबैले छोटा छोटा शीर्षकका यथार्थ अभिव्यक्तिहरुलाई ईषत् रुपमा भए पनि केही हदसम्म आश्वाद  गर्न सहज हुने मेरो शाश्वत बुझाइ हो । 

ऋषि पतञ्जलीका अनुसार अर्को पक्ष भनेको अनुशासन । अनुशासन सधै नै अरुद्वारा दिइन्छ । जुन अरुबाट दिइन्छ, त्यो कुनै पनि बेलामा खोसिन सक्छ । अरुबाट प्राप्त मान सम्मान, अरुबाट प्राप्त बैभव, अरुबाट प्राप्त अनुशासन आदि । व्यक्ति क्भाि च्भकउभअतभम हुन सक्नु पर्छ तव त्यो चीरस्थायी हुन्छ । अनुशासन अरुद्वारा दिइन्छ भने जागरण स्वयंबाट उत्पन्न हुन्छ । अनुशासनको चाबी अरुको हातमा हुन्छ भने जागरणको चाबी आफ्नै हातमा हुन्छ । अरुसँग भएको धन लगायतका अनेक बस्तुहरुले र पुस्तकमा रहेको विद्याले परेको बेलामा काम दिन सक्दैन । स्व अनुशासनमा रहनु भनेको जागरण हो, अनुशासन सिढीँ हो भने जागरण मञ्जिल  हो । यसका साथसाथै स्मरण रहोस् – अरुद्वारा दिइएको अनुशासन भनेको बन्धन हो, चाहे त्यो सुखको होस् वा दुःखको त्यो बन्धन नै हो र त्यो बन्धन क्षणिक हो । अहिलेको समाजमा हेर्दा शाश्वत सत्यको विरुद्धमा कार्य गर्ने कुचेष्टा गरिरहेको पाइन्छ । व्यक्ति बाहिर र व्यक्तिभित्र घटित् घट्नाहरुको साक्षी बन्नुको सट्टा बाहिर अलंकारको बसिभूत भएर बाह्य मान, सम्मान, आदर प्राप्त गर्नको लागि आफ्ना इच्छा, आकांक्षा पूरा गर्नको लागि आन्तरिक शान्ती, उत्सब र आनन्दलाई तिलाञ्जली दिएका छन्, यो भन्दा ठूलो आत्मघात केही हुन सक्दैन । जुन मनुष्य जीवनको लागि अक्षम्य अभिसाप नै बनेको छ, यसरी मानिसको जीवन अन्धकारतिर धकेलिई रहेको छ । मनुष्य जीवनमा एउटा दुर्घटना के भएको छ भने मानिसको मनमा आएका इच्छा, आकांक्षा र कामनाको मानिस साक्षी बन्नु पर्ने थियो तर अज्ञानतावस जागरणको अभावमा त्यसो हुन सकेन, मानिस त्यसैद्वारा ग्रसित भइरहेको छ । केही परम्परित गुरुहरुले अर्को विडम्बना के थपेका छन् भने आध्यात्मिक उन्नतिका लागि मनमा आएका इच्छा, आकांक्षा र कामनालाई दबाउनु पर्दछ भन्ने शिक्षा दिएका छन्, जुन अज्ञानताभन्दा पनि खतरनाक सिद्ध भएको छ । यसले व्यक्तिमा अहंकार पैदा गर्दछ, अज्ञानी ज्ञानी बन्न सक्दछ तर अहंकारी ज्ञानी बन्न कहिल्यै सक्दैन । धेरै नै बहानाबाजी भएको छ, जानी नजानी उफ्रिने काम भएको छ । 
 
तपस्या तपस्याको लागि जसले गर्दछ, उसले आफैलाई सताउँने काम गरेको छ । तपस्याको ठोस अर्थ अन्धकारलाई पार  गरेर प्रकाशलाई प्राप्त गरी त्यसै प्रकाशमा स्थित हुनु हो । तर यहाँ तान्त्रिक विद्यामा जस्तै कसरी शक्ति संचय गर्ने र अरुलाई त्रसित बनाउने भन्ने होडबाजी चलेको छ, तपस्या गरेर व्यक्तिले के पाउँन खोजेको छ त भन्दा – नसुती रहन सक्ने क्षमता आर्जन गर्न खोजेको छ, खानै नखाई जिउन सक्ने क्षमता आर्जन गर्न खोजेको छ, हावा नै  नलिई बाँच्न सक्ने क्षमता आर्जन गर्न खोजेको छ, हावामात्रै सेवन गरेर वर्षौ बाँच्न सक्ने क्षमता आर्जन गर्न खोजेको छ, एकै चोटी ५० जनाले खाने खाना खान सक्ने क्षमता बृद्धि  गर्न खोजेको छ, खानै नखाई बस्ने क्षमता आर्जन  गर्न खोजेको छ, हावामा उड्नै क्षमता आर्जन गर्न खोजेको छ, पानीमा तैरने शक्ति आर्जन  गर्न खोजेको छ, आगोमा हिड्ने शक्ति आर्जन गर्न खोजेको छ, निकै बलवान हुन खोजेको छ – यी सबै कार्यहरु भनेका पागलपन हुन् । आफैले आफैलाई नष्ट गर्ने प्रक्रियाहरु हुन्, यसबाट कुनै लाभ लिन सकिएला ?
 
 भाषागत रुपमा गएर जसले शव्दलाई समातेर खिच्ने काम गर्दछ नि त्यो जडसूत्रवादी हो । कुनै कोठामा अध्यारो छाएको छ भने त्यो अध्यारोलाई पार गरेर अगाडि गएपछि प्रकाश प्राप्त हुने होइन । त्यस कोठामा बत्ति बालेमा अध्यारो स्वतः हटेर जान्छ । शक्ति रुपान्तरणको नाम नै  योग हो । पहिलो सत्य त के हो भने तपस्या गरिने प्रक्रिया होइन, घटित हुने प्रक्रिया हो । जसरी मानिसको जीवनमा आन्तरिक उपलव्धिहरु हत लाग्दछन्, त्यसपछि बाह्य भौतिक साधन स्रोतहरुको महत्व फिका लाग्दछ र ती भौतिक साधन स्रोतहरु साधन हुन् भन्ने बोध हुन्छ । अध्यात्मको विरोधी हुने पनि होइन र भौतिकताको विरोधी हुने पनि होइन । यी दुबैको साक्षी बन्दै यथास्थितीमा यिनीहरुको प्रयोग गर्दै जीवन जिउनु नै सच्चा जीवन हो । जसरी आन्तरिक उपव्धिपछि भौतिक साधन स्रोतलाई स्वतः रुपमा त्याग गरिन्छ, त्यो त्याग गरिएको त्याग होइन – त्यो त्याग त स्वतः रुपमा घटित भएको हुन्छ । सही रुपमा अध्यात्मलाई बोध गर्नेहरुको अनुभव के हुन्छ भने त्याग गरिने प्रक्रिया होइन, घटित हुने प्रक्रिया हो । त्यसै गरी  तपस्यालाई आध्यात्मिक रुपमा ध्यानको रुपमा लिन सकिन्छ भने भौतिक रुपमा आफैलाई दुःख कष्ट दिएको समेत आभास गर्न सकिन्छ । ऋषि पातञ्जलीका अनुसार पनि यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि भनेर आर्य अष्टाङ्ग योगको जुन प्रादुर्भाब भएको छ । त्यसमा पनि धारणासम्म गर्न सकिन्छ तर ध्यान गर्न सकिदैन, जब यम, नियम, आसन, प्रणायाम, प्रत्याहार र धारणासम्मको अवस्था पुरा हुन्छ – ध्यान स्वतः घटित हुन्छ । त्याग र ध्यान गरिने प्रक्रिया होइनन्, यिनीहरु एउटा उचाइको समझपछि घटित हुने प्रक्रिया हुन् । 

 

सम्बन्धित समाचार