बाल मन्दिरको सम्पत्ति हिनामिना, ८ जनाविरुद्ध ठगी मुद्दा दायर

94 Shares

काठमाडौँ । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोगपत्र दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
मुद्दा दायर गरिएकाहरूमा बाल मन्दिरका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ महानगरपालिका वडा नं। ११ की सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य रहेका छन् । यी तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसैगरी फरार रहेका युरी कुमारी राई तत्कालीन सभापति, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ ।
यस प्रकरणमा मुख्य भूमिका देखिएकी संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको भने मृत्यु भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन । उच्च स्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा मुद्दा दर्ता गरेको हो ।
सीआइबीको अनुसन्धान प्रतिवेदन अनुसार तत्कालीन अध्यक्ष रिता सिंहले नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा बिना कुनै सार्वजनिक सूचना र प्रतिस्पर्धा मनोजकुमार मिश्रलाई भाडामा दिने सम्झौता गरी ७५ लाख रुपैयाँ नगदै बुझेको भेटिएको छ । साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तहरूले आफ्नो उपचार, परिवारको किरिया खर्च र व्यक्तिगत सवारी साधन खरिदमा रकम प्रयोग गरेको पाइएको छ ।
गाडी खरिद घोटालामा राजेन्द्रकुमार श्रेष्ठले आफ्नो नाममा गाडी किनेर त्यसको किस्ता बाल मन्दिरको कोषबाट तिरेको र सो गाडी तत्कालीन सभापति भगवान शाक्यले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ । 
साथै आशा श्रेष्ठले सार्वजनिक पद ९वडा सदस्य० मा निर्वाचित भएपछि पनि बाल मन्दिरबाट नियम विपरीत ‘परिवहन भत्ता’ का नाममा मासिक रकम लिएको पाइएको छ ।

सम्बन्धित समाचार