काठमाडौं । सक्रिय पत्रकारिता मार्फत राष्ट्रलाई अतुलनीय योगदान पु¥याउनुभएका वरिष्ठ संचारकर्मीहरुको सम्मानमा सम्पादक समाज नेपालद्वारा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र सूर्यचौर, विपुरी—७ नुवाकोटमा वरिष्ठ पत्रकारहरुलाई भेला गरी मंसिर ६ गते एक दिने यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
‘ऊ बेलाका हाम्रा कुरा’ भन्ने शिर्षकमा वरिष्ठ पत्रकारहरुले आफ्नो पत्रकारिता क्षेत्रमा गरेको योगदान र अनुभवहरु एक आपसमा साटासाट गरेका थिए । विगतमा गरिने पत्रकारिता र वर्तमान भइरहेको पत्रकारिताको विषयमा आफूहरुले गरेको अनुभव र योगदानको बारेमा चर्चापरिचर्चा गरेका थिए ।

तिन दर्जनभन्दा बढी श्रीमान÷श्रीमतीसहित उपस्थित भएका वरिष्ठ पत्रकारहरुले यस्तो खालको कार्यक्रम गरी लामो समयसम्म भेटघाट नभएका वरिष्ठ पत्रकारहरुका्े भेटघाट गराउने कार्य गरेकोमा सम्पादक समाज नेपाललाई धन्यवाद दिएका थिए ।
वरिष्ठ पत्रकारहरुमा पुरुषोत्तम दाहाल, किरण वैद्य, पुरु रिसाल, श्याम डोटेल, उज्वल शर्मा, तिर्थ कोइराला, देवप्रकाश त्रिपाठी, कुलचन्द्र वाग्ले, टंक पन्त, गोकर्ण अर्याल, पुष्पराज प्रधान, शान्तिकृष्ण अधिकारी, जिवराम भण्डारी, जुनारबाबु बस्नेतलगायत दर्जनौंको उपस्थिति रहेको थियो ।