इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै

10.2k Shares

गाजाक्षेत्र- हमासले चारजना बन्धकको शव फिर्ता गरेपछि इजरायलले प्यालेस्टाइनका ६ सय नागरिकलाई रिहा गरेसँगै उत्सवको माहोल बनेको छ ।

चार बन्धकको शव इजरायल फिर्ता पठाएपछि इजरायलले प्यालेस्टाइनी कैदी छाड्ने क्रममा अघि बढाएको हो ।

वेस्ट बैंकबाट छोडिएका प्यालेस्टाइनी कैदीहरूको तस्बिर सार्वजनिक भएको छ । ती तस्बिरमा इजरालयको जेलबाट निस्किएका आफन्त पर्खिएका हजारौँ प्यालेस्टाइनी उत्सव मनाउँदै गरेको अवस्थामा देखिएका छन्।

ती प्यालेस्टाइनी नागरिकलाई इजरायलले कुन अपराधमा कति वर्षका लागि जेलमा राखेको थियो भन्ने खुल्न सकेको छैन । ६ सय जना रिहा गर्ने भनिए पनि अहिलेसम्म कतिलाई जेलबाट छाडियो भन्ने खुलेको छैन । तर अहिले प्यालेस्टाइनमा उत्सवको अवस्था बनेको छ।

सम्बन्धित समाचार