चितवनको जुगेडीमा प्रहरीको धन्दा

6.4k Shares

नेपाल प्रहरीले के के गर्छ भन्दा पनि के के गर्दैन भन्ने प्रश्न बारम्बार उठिरहन्छ। नउठोस् पनि किन, कसैलाई बारम्बार राम्रो, सुविधा सम्पन्न र अतिरिक्त कमाइ हुने ठाउँ; कसैलाई भने पेलेर सधैं स्थान नपाउने चिन्ता। चितवनको जुगेडी प्रहरी चौकीमा आएका सई हेम सापकोटाको कुरा गर्ने हो भने, उनी यहाँ नराम्रो स्थान कहिल्यै बस्न परेको छैन। सिपाहीबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका उनले चितवनका राम्रो, सुविधा सम्पन्न र अतिरिक्त कमाइ हुने ठाउँ छुटाउनु परेको छैन। पछिल्लो पटकको कुरा गर्ने हो भने पनि उनी जुटपानीका प्रमुख थिए। उनको अवधि सकिएपछि जुटपानीमा प्रहरी निरीक्षक राख्ने भएपछि उनलाई जिल्ला ल्याइयो। जिल्लामा कम्तीमा ६ महिना बस्नुपर्ने नीति विपरीत उनलाई प्रहरी चौकी जुगेडी ल्याइएको छ। जुगेडी प्रहरी चौकीको प्रमुख बन्नु भनेको चितवन प्रहरीमा लोथरपछि सबैभन्दा राम्रो ठाउँ हो। त्यसपछि गोन्द्राङ चेकपोस्ट राम्रो मानिन्छ। किनकि गोन्द्राङमा मालबाहक गाडीहरू रोकेर चेकजाँच गर्ने अधिकार छ। गाडी रोकेर चेकजाँच गर्ने बित्तिकै त्यहाँ घुसको लेनदेन हुन्छ नै।
सई हेम सापकोटा पनि जुगेडी प्रहरी चौकीमा यसपटक समेत तेस्रोपटक बस्न सफल भएका छन्। जुगेडीजस्तो मासिक लाखौँ रुपैयाँ अतिरिक्त कमाइ हुने ठाउँमा तीनपटक बस्न पाउने नेपाल प्रहरीका भाग्यमानी सईमध्ये हेम सापकोटा पर्दछन्। यसबाहेक उनले लोथर, गोन्द्राङ जस्ता चितवनका राम्रो–राम्रो थाना चौकी बस्न भ्याइसकेका छन्। जिल्लामा कति सईहरू वर्षौँदेखि थाना–चौकी नपाएर बस्न बाध्य छन् तर हेम सापकोटालाई सधैं र बारम्बार राम्रो ठाउँमा राखिनुको पछाडि के हो त सत्य कुरा?
जुगेडी क्षेत्र अवैध ढुङ्गा, गिट्टी, बालुवा र काठ चोरी तस्करी हुने अखडा हो। गिट्टी–बालुवाको टेन्डर खुले पनि वैध ढंगले भन्दा अवैध ढंगले ठूलो मात्रामा यहाँ धन्दा चल्छ। यहाँ प्रहरी र ट्राफिक प्रहरीले ट्र्याक्टर, ट्रक र ट्रिपरको हिसाबले रकम उठाउने गर्छ। यसबाहेक अवैध काठ कटान पनि यस क्षेत्रमा हुने गर्छ। यसरी चोरी काठको धन्दा गर्ने गिरोहसँग पनि रकम असुल गर्ने काम यहाँ हुँदै आएको छ।
यसैगरी यो क्षेत्रमा केही यस्ता होटल, कटेज र रिसोर्ट छन् जहाँ घण्टे धन्दा पनि व्यापक हुन्छ। त्यो पनि प्रहरीको राम्रो आम्दानीको स्रोत बनेको छ।त्यसैगरी धादिङ र तनहुँको आँबुखैरहनी क्षेत्रबाट समेत अवैध उत्खनन गरेर चोरी गरि ल्याइएको ढुङ्गा, गिट्टी, बालुवा यही बाटो हुँदै चितवन जाने हुँदा यिनीहरूबाट समेत जुगेडीमा प्रहरी र ट्राफिक प्रहरीले रकम उठाउने काम गर्दै आएका छन्। सई हेम सापकोटाले एयरपोर्ट नजिकै सुविधा सम्पन्न घर पनि बनाई सकेका छन् भने धेरै लामो अवधि देखि चितवनमै कार्यरत रहिरहन सफल भएका छन्। अब उनको जागिर अवधि पनि धेरै छैन। प्रहरीको नीति अनुसार अवकाशमा जान लागेका व्यक्तिलाई कार्यालय प्रमुख नबनाउने नीति छ, तर कार्यान्वयनमा भने देखिँदैन। प्रदेश प्रहरी प्रमुख र प्रहरी महानिरीक्षक सापले यसरी एकै व्यक्तिले सधैं राम्रो ठाउँ पाउनेहरू उपर निगरानी र छानबिन अगाडि बढाउने कि

सम्बन्धित समाचार