चितवनमा ग्यास बोक्ने बुलेट गाडीको ठक्करबाट एक जनाको मृत्यु

3.4k Shares

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिमा-१० मालपोत चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खाना पकाउने एलपी ग्यास बोक्ने बुलेट गाडीको ठक्करबाट बिहान लमजुङ मध्य नेपाल नगरपालिका-३ घर भएकी १८ वर्षीया राइना श्रेष्ठको मृत्यु भएको हो ।

भारतीय नम्बरको एनएल ०१ एल२४५३ नम्बरको बुलेट गाडीले श्रेष्ठ चढेको बा प्र ०६-००५ प ३०५४ नम्बरको मोटरसाइकललाई बिहान ७ बजेतिर ठक्कर दिएको  प्रहरीले जनाएको छ । सँगै रहेको उनका बुबा भने सामान्य घाइते छन् ।

पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा राइनाको पौने ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार