६ महिनाको सरकारको खर्च गत वर्षभन्दा झन्डै १६ प्रतिशत बढी

9.9k Shares

काठमाडौं । नेपाल सरकारले ६ महिनाको अन्तरालमा ६ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो खर्च गत आर्थिक वर्षको तुलनामा १५ दशमलव ८६ प्रतिशतले बढी हो ।

साउनदेखि पुससम्ममा सरकारले वैदेशिक अनुदानतर्फ ७ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ तथा वैदेशिक ऋण लिएर ६ महिनामा ४१ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ खर्च गरेको तथ्यांक अर्थ मन्त्रालयको छ । यो गत आवको तुलनामा क्रमशः ४३ दशमलव ७९ प्रतिशत र ४६ दशमलव ७५ प्रतिशतले बढी हो ।

वैदेशिक स्रोतमध्ये एडीबीको सबैभन्दा बढी विनियोजन ७१ अर्ब ५८ करोड २९ लाख रुपैयाँ रहेकामा ६ महिनाको अवधिमा ६ अर्ब ७० करोड ३३ लाख रुपैयाँ अर्थात् ९ दशमलव ३६ प्रतिशत खर्च गरेको तथ्यांक छ ।

सम्बन्धित समाचार