एसपी बिरूद्व उजुरीका चाङ : खुलेयाम घुषको कारोबार हुदां गृहमन्त्री मौन, गाईगोरूको तस्करीको रकम पथलैया ट्राफिकले उठाउने

9.3k Shares

पथलैया । मधेस प्रदेश, पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी राजकुमार सिलवाल बिरूद्व पचासौं उजुरी हेलो सरकार , हेलो गृह मन्त्रालय , प्रहरी प्रधान कार्यालय देखि मधेस प्रदेश  प्रहरी कार्यालय सम्म मात्रै परेनन् , अन्यत्र पनि परे ।

उजुरी उपर छानबिन कुनै निकायले पनि राम्रोसँग गरेनन् । डिआइजी उमाशंकर चतुर्वेदीले एआइजीमा बढुवा सिफारिस भए पछि एसपी सिलवाललाई नसियत दिएर गए । उनी बिरूद्व परेका उजुरी र उनले गरेका भ्रष्टाचार र अनियमितताको बारेमा देशभरका संचारमाध्यमा समाचार आए । तर पनि छानबिन र कारबाही भएन । उनलाई पथलैयाबाट हटाउनु त परैजावोस् । 

भारतबाट कोइला र ढुङ्गा बोक्ने ठूलाठूला ट्रकका ६ वटा कम्पनी छन् । ती कम्पनीहरूमा त्रिनेत्र , रोयल एसएस , थानिमाई , लमजुङ कालिका , बन्धन र रोडिज छन् । यिनीहरूले सिमेन्ट कारखानामा कोइला र ढुङ्गा पुर्याउने काम गर्छन् । यी कम्पनीबाट मासिक ५० हजार देखि २ लाख सम्म पथलैया ट्राफिक प्रहरी प्रमुख सिलवालको नाममा उठाउने गरिएको स्वयं व्यवसायीहरू बताउँछन् । यी कम्पनीका मालिकहरूलाई एसपी सिलवालले आंफै भेट्ने गर्दछन् । यी ट्रकहरू १४ चक्के सम्म हुन्छन् । 
यसका अलावा मकवानपुरको डांडाको ढुङ्गा खानीबाट  चुन ढुङ्गा सिराहाको मिर्चैया स्थित सौर्य सिमेन्ट देखि रिद्विसिद्वि सिमेन्ट सम्म पुग्छ ।

यसरी चुनढुङ्गा बोक्ने गाडी झण्डै एक सयभन्दा बढी छन् । यी प्रत्येक गाडीबाट पथलैया ट्राफिक प्रहरीले मासिक १० हजारको दरले रकम उठाउंछ । एसपी सिलवालले आफ्नो मातहतका मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक निरीक्षकहरूलाई  यसरी काम गर्ने कोइला देखि चुनढुङ्गा बोक्ने गाडीका मालिकहरूलाई कुनै रकम दिनु नपर्ने भन्ने उर्दी समेत दिएको व्यवसायीहरू स्वयंले उजागर गरेपछि यो असुली धन्दा सतहमा आएको हो ।

यसबाहेक भारतीय नम्बर प्लेटका विभिन्न सामान बोक्ने २२ चक्के गाडी दैनिक ३५ देखि ४० वटा सम्म चल्छन् । यस्ता गाडीहरूबाट दैनिक एउटा गाडीबाट  २  हजार सम्म लिने गरेको पनि खुलेको छ। यस्ता गाडीबाट रकम उठाउन एसपी  सिलवालले सिपाही राजाबाबु साहलाई परिचालन गरेका छन् ।  सिपाही साहलाई एसपी सिलवालले आफू पथलैया सरूवा भएर आएपछि बग्गीखानाबाट सरूवा गरेर ल्याएका थिए । यसका साथै  गाईगोरूको तस्करी गर्ने तस्करहरूबाट पनि पथलैया ट्राफिकले ट्रकको हिसाबले रकम लिने गरेको छ भने मधेस प्रदेशका डिआइजी गोविन्द थपलियाको नाममा समेत रकम उठाउने गरिएको खुलेको छ ।

गाईगोरूको रकम भीम सुनार र उत्तम क्षेत्री मध्ये एउटाले लगेर दिने गरेको प्रमाण ट्राफिक प्रहरी कार्यालयका सिसि क्यामारामा हरेक महिना कैद हुन्छ । गाईगोरूको  तस्करी गर्ने उत्तम क्षेत्री र भीम सुनारले चितवन नारायणी पुल देखि पथलैया सम्मको प्रहरी मिलाउने जिम्मेवारी लिएका छन् । यसअघिका डिआइजी उमा चतुर्वेदीको नाममा पनि गाईगोरूको तस्करीको रकम पथलैया ट्राफिक प्रहरीले उठाउने गरेको प्रमाण सहित फेला पारेपछि उनले छानबिन शुरू गरेका थिए । त्यसक्रममा रकम उठाउने  जिम्मेवारी पाएका सिपाही रवि राईलाई छानबिन र कारबाहीको लागि धनुषा प्रदेश प्रहरीमा तानिएको भए पनि सिलवालले हालका डिआइजी थपलियालाई मिलाएर फेरि पथलैया ल्याई सकेका छन् ।

त्यतिमात्र होइन मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुखले मासिक २० हजार रूपैयाँ आइजिपीको भाग भनेर पथलैया ट्राफिकमा बुझाउने गर्दै आएको पनि  कार्यरत केही निरीक्षकले बताए । उक्त रकम आइजिपी कहाँ पुग्छ कि पुग्दैन , त्यो दिने र लिनेलाई थाहा हुने कुरा भयो । तर हरेक जिल्ला ट्राफिक प्रहरी प्रमुखले मासिक २० हजार आइजिपीको नाममा बुझाउदै आएका छन् । 

जेनजी आन्दोलन पछि यस्ता असुली , भ्रष्टाचार र घुषखोरी रोकिने आशा गरिए पनि त्यो रोकिएको छैन । झनै बढेको देखिएको छ । यो नियन्त्रण गर्न जेनजीले बनाएका गृहमन्त्री ओम प्रकाश अर्यालले थाहा नपाएर हो वा थाहा पाएर पनि नसकेका हुन् । प्रश्न उठेको छ ।

चोरीका सवारीसाधन पक्राउ गरेपछि भन्सारमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि पथलैयामा कार्यरत ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले सो नियम उल्लंघन गरेका छन् ।सिलवालले चोरीको स्कारपियो गाडी पक्राउ गरी भन्सारमा बुझाउने प्रक्रिया पूरा नगरी चोरीको गाडी अझै भन्सार नबुझाएर आंफै चढेर हिडिरहेका छन् । भन्सारले उक्त सवारीसाधन लिलामी गरेर राज्यलाई राजस्व उपलब्ध गराउने प्रावधान रहेको छ । तर, यस प्रकरणमा प्रहरी अधिकारी स्वयंले कानुन विपरीत काम गरेको भन्दै प्रश्न उठ्न थालेका छन् ।

यसअघि मधेस प्रदेश प्रहरी कार्यालयले ३ वटा छुट्टाछुट्टै समितिहरू गठन गरी सिलवालमाथि अनुसन्धान गरिरहेको थियो । सिलवालमाथि ३५ थान उजुरी परेको छ, जसमा विभिन्न जिल्लाबाट आएका उजुरीहरू समेत समावेश थिए । उजुरीहरूमा सवारी चालकलाई मापसे गरेर जरिवाना गर्नुको सट्टा रातभर नियन्त्रणमा राख्ने, रकम असुल्ने, चोरीको गाडी नियन्त्रणमा लिएर आफूखुसी प्रयोग गर्ने, र राजमार्गमा स्थानीय प्रहरीसँग समन्वय नगरी चेकजाँच गर्ने लगायतका आरोप छन्।छानबिन समितिको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरिरहेका थिए ।

सम्बन्धित समाचार