आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

16.3k Shares

काठमाडौँ ।  गायिका आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गीतमा आस्थाले आफैँ मोडलिङ गरेकी छिन् । 

‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गरेकी छिन् ।

गीतको भिडियो किरण थापाले निर्देशन गरेका हुन् । भिडियोमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ, रिया सुन्दास लगायतको अभिनय छ ।

सम्बन्धित समाचार