२.६ नाफा / नोक्सान (Profit and Loss)

15.4k Shares

कम मूल्यमा किनीकन बढीमा बेचियो भने नाफा हुन्छ।
बेचेको मूल्यलाई विक्रय मूल्य (S.P.) र किनेको मूल्यलाई क्रय मूल्य (C.P.) भनिन्छ।
नाफालाई G र घाटालाई L (अंग्रेजी अक्षरहरू) ले जनाउँछन्।

नाफा निकाल्ने सूत्र:
नाफा (Pro.) = S.P. - C.P.
नाफाको प्रतिशत = (G / C.P.) × १००%

यदि S.P. बाट नाफा घटाएपछि C.P. पाउँछ भने,
नोक्सान भएको अवस्था यसरी व्यक्त गरिन्छ:
कहिले काहीँ किनेको भन्दा कम मूल्यमा बेचियो भने नोक्सान हुन्छ।
नोक्सान निकाल्ने सूत्र:
नोक्सान (L) = C.P. - S.P.
नोक्सानको प्रतिशत = (L / C.P.) × १००%

यदि नाफा C.P. मा जोडियो भने S.P. हुन्छ,
र नोक्सानलाई घटाएपछि S.P. प्राप्त हुन्छ।

परिभाषाहरू:
क्रय मूल्य ⇒ C.P.
विक्रय मूल्य ⇒ S.P.
नाफा ⇒ G
नोक्सान ⇒ L

उदाहरण:
एउटा घडी रु. २००० मा किनेर रु. २२३० मा बेच्दा र सोही घडी रु. १६०० मा बेच्दा हुने नाफा वा नोक्सानलाई प्रतिशतमा पत्ता लगाउनुहोस्।

यहाँ, पहिलो शर्तअनुसार
घडीको क्रय मूल्य (C.P.) = रु. २०००
घडीको बिक्री मूल्य (S.P.) = रु. २२३०
अवस्था C.P. < S.P. तसर्थ नाफा भएको निश्चित छ।

सूत्रानुसार,
वास्तविक नाफा =
बिक्री मूल्य (S.P.) - क्रय मूल्य (C.P.)
= रु. २२३० - रु. २००० = रु. २३०

नाफा प्रतिशत =
(वास्तविक नाफा / क्रय मूल्य) × १००%
= (२३० / २०००) × १००% = ११.५% उत्तर

दोस्रो शर्तअनुसार
क्रय मूल्य (C.P.) = रु. २०००
बिक्री मूल्य (S.P.) = रु. १६००
अवस्था C.P. > S.P. तसर्थ नोक्सान भएको निश्चित छ।

सूत्रानुसार,
वास्तविक नोक्सान = क्रय मूल्य (C.P.) - बिक्री मूल्य (S.P.)
= रु. २००० - रु. १६०० = रु. ४००

नोक्सान प्रतिशत =
(वास्तविक नोक्सान / क्रय मूल्य) × १००%
= (४०० / २०००) × १००% = २०% उत्तर

निष्कर्ष:
रु. २२३० मा बेच्दा ११.५% नाफा हुन्छ।
रु. १६०० मा बेच्दा २०% नोक्सान हुन्छ।

सम्बन्धित समाचार