काठमाण्डाै – ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमबीच आगलागी आपत्कालीन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले यो प्रणाली जडान गरिएको मेयर महर्जनले बताउनुभयो । उहाँले यो प्रणाली परीक्षणका रूपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढङ्गले काम गरे ललितपुरका सबै चोकहरूमा जडान गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
त्यस अवसरमा मेयर महर्जनले देशका सबै नगरपालिकाहरूले भन्दा ललितपुर महानगरपालिकाले विपद्को क्षेत्रमा अब्बल तरिकाले काम गरेको दाबीसमेत गर्नुभयो । ललितपुर महानगरपालिकाले यसअघि विपद्कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइसकेको छ ।