रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

732 Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा लागेकी ममता शर्मा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् ।

शर्माले आफू नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनका अनुसार उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन् ।

मधेशमा रास्वपाको संस्थापक सदस्यका रूपमा रहेकी शर्मा २१ फागुनमा भएको निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेकी थिइन् । रास्वपाबाट निर्वाचनमा टिकट नपाएपछि उनले कांग्रेस रोजेकी थिइन् ।

कांग्रेसमा प्रवेश गरेको केही समयमै शर्मा महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन् । उनी क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताएकी छन् ।

शर्माले सामाजिक सञ्जालमा आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्ने पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार