काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।
गौतमले आफू सहमहामन्त्री पदको उम्मेदवार बन्ने जानकारी खबरहबलाई दिएकी हुन्। कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमध्ये एक पदमा महिला अनिवार्य हुने व्यवस्था छ।
२०४६ सालको राजनीतिक आन्दोलनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गौतम पार्टीभित्र वैचारिक नेतृका रूपमा परिचित छन्। लामो समयदेखि पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी उनले पार्टी र संगठनका विषयलाई नजिकबाट नियाल्दै आएकी छन्।
आगामी १५औँ महाधिवेशनमा कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला गौतमले सहमहामन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।