-डी.बी. शाही ( उर्जा थेरेपिस्ट )
याे ब्रह्माण्डकाे साैरमण्डलमा उपस्थिति जनाउने ग्रहहरु मध्य एउटा मात्रै ग्रह जसमा अक्सिजन,पानी र प्राणीहरुकाे उपस्थिति छ त्याे हाे पृथ्वी, अहिलेसम्म बैज्ञानिकहरुले अन्य ग्रहहरुमा पृथ्वीकाे जस्तै वातावरण भेटिन्छ कि भनेर शाेध खाेज गर्न थालेकाे सयाैं बर्ष बितिसके तर त्यसमा सफलता पाउन सकेका छैनन् ।हाम्राे पृथ्वी भन्दा पनि उन्नत कुनै अर्काे ग्रह छ कि भनेर खाेज तलाश जारी छ । एलियनकाे उपस्थिति कल्पना मै छ । पाैराजिक शास्त्रहरुले भने अनुसार याे पृथ्वीमा ८४ लाख प्राणीहरुकाे (जुनी/ याेनी)उपस्थिति छ र सबै जन्म पार गर्दै अन्तिम प्राणी ,सबै प्राणीहरुमा सर्वश्रेष्ट प्राणी मनुश्य हाे उसले राम्राे कर्म गरे स्वर्ग र नराम्राे काम गरे नर्कमा बास पाँउछ भन्ने छ तर याे तर्क ज्ञानले मान्छ,विज्ञानले मान्दैन ? तर विज्ञानले काेस्मिक इनर्जीलाई चाँही मान्छ र काेस्मिक इनर्जी दुइटा भएकाे पनि स्वीकार्छ । एउटा बिशाल सम्पूर्ण साैर मण्डल जसलाई Macro Cosms भन्छ भने अर्काे शूक्ष्म (Micro Cosms) याे पृथ्वीमा भएका सम्पूर्ण प्राणीहरु । साैर मण्डलमा भएका ग्रहहरु र प्राणी जगत चलायमान छन जीवन छ यसमा सूर्य मात्रै स्थिर भए पनि उसमा पनि जीवन छ। सूर्यबाट आउने उर्जाले नै अन्य ग्रह र प्राणीहरुलाई उर्जा दिएर गतिशील बनाउछ । याे ब्रह्माण्ड र यस्मा उपस्थित प्राणीहरुबारे धेरै ब्याख्या गर्नु भन्दा पनि याे लेखमा राेगहरु र उर्जा उपचार विधी (Energy Treatment) काे बारेमा संक्षिप्त रुपमा केही कुरा लेख्ने सानु प्रयास हाे याे ।
Energy Treatment बारे लेख्नु पर्दा पहिले बुझ्नु पर्ने हुन्छ मान्छेले दिएकाे नाम राेग भनेकाे आँखिरमा के हाे र याे कसरी लाग्छ या आँउछ ? Energy काे भाषा छाेडेर राेग भनेर बिभिन्न न्वारण गरिएका राेग बारे राेगकाे नामाकरण गर्नेहरुले नै भने अनुसार राेग भनेकाे मनुश्य हाेस या अन्य प्राणी उसलाई जीवित रहन अत्यन्त आवश्यक भिटामिन- मिनरलहरुकै ± जाेड घटाउ हाे । जस्तै साेडियम, पाेटासियम, भिटामिनहरु, मिनरलहरु, अक्सिजन, लगायत नुनिलाे,तिताे,अमिलाे,चिल्लाे आदी । यी भिटामिन र मिनरलहरु हाम्राे आफ्नै शरिरले उत्पादन गर्छ र त्यसकाे व्यवस्थापन पनि हाम्राे आफ्नै शरिरले गर्छ । यि सबै काम गर्न प्रकृतिले शरिरमा बिभिन्न डिपार्टमेन्ट यानि अंग बनाएकाे (orgen) छ । जस्तै मष्तिस्क ब्रेन व्यवस्थापिका,मुट्टु रगत सप्लाई, फाेक्साे अक्सिजन सप्लाई,पेन क्रियाज इन्सुलिन, कलेजाे रगत बिभाग,किडनी फाेहर व्यवस्थापन,गलब्लेडर पित्त, थाइराइड फ्याट नियन्त्रण, युरिनरी ब्लेडर युरिन, यसरी नै आँखा ,नाक,कान र घाँटीकाे पनि छुट्टाछुट्टै आफ्नै डिपार्टमेन्ट प्रकृतिले बहुत सुन्दर तरिकाले बनाएर सबैलाई आआफ्नु कामकाे जिम्मा दिएकाेछ र एउटा मनुश्यकाे शरिर प्रकृतिले यसरी नियन्त्रण गरेर स्वस्थ र गतिशील बन्ने अधिकार तथा क्षमता वरदान दिएकाे छ ।
मान्छेले बनाएकाे बस्तुहरु मात्रै मान्छेले ठिक पार्न सक्छ तर प्रकृतिले बनाएकाे प्राणीहरु मान्छेले जतिसुकै उन्नति प्रगति गरे पनि जतिसुकै साेधखाेज र अनुसंधान गरे पनि कुनै पनि राेग निर्मुल पार्न सक्दैन, त्याे अधिकार केवल मनुश्य आफैसंग मात्रै हुन्छ । उसले आफ्नु अधिकार चिन्न नसकेर शरिरमा आउने या देखिने गडबडी या चिकित्सककाे भाषामा भन्नु पर्दा राेग सन्चाे पार्न सक्ने अधिकार कुनै चिकित्सक, बैद्य, धामी, झाँक्री, ज्याेतिषी, तन्त्र, मन्त्रसंग छैन । एकदमै बहुत सरल र साधारण भाषामा भन्नु पर्दा कुनै ओैषधी, दवा या दुआले सन्चाे हुने भए राेग लागे जतिका सबै राेगीहरुलाई सन्चाे हुनु पर्ने, सबै बाँच्नु पर्ने, सबै स्वस्थ हुनु पर्ने तर त्यस्ताे हुँदैन । ओैषधी उपचारले बाँचेकाे भन्ने या बाँचेकाहरु स्वयं उनिहरुकै उर्जा शक्ति संतुलित भएर हाे नकि ओैषधी उपचारले त्यसैले स्वस्थ रहनकाे लागि कुनै दुआ, ओैषधी उपचार हाेइन मनुश्यकाे उर्जा शक्ति संतुलित हुनु आवश्यक छ भने उर्जालाई पनि संतुलित गर्ने अर्काे शक्ति छ । त्याे हाे गुरुत्वाकर्षण (Gravitational Force) ।
यदि हामीले अलिकति ध्यान दिएर विचार गर्ने हाे भने हाम्राे शरिरमा अचानक अटाेमेटिकल देखिने सरुवा हाेस या नसर्ने (एलाेपेथिक या राेग भनेर दवाइ द्वारा उपचार गर्ने विधीमा) राेग लागेकाे व्यक्ति टाउकाे अलि दाया या वाया झुकाएर टाेलाएर या टाेलाए जस्ताे बसेकाे देखिन्छ यसकाे मुख्य कारण हाे हाम्राे शरिरले स्वयं संकेत र सचेत गर्न खाेजेकाे हुन्छ कि तिम्राे शरिरमा गुरुत्वाकर्षणकाे कमी भयाे यसकाे मतलब मनुश्यकाे शरिरलाई स्वस्त र गतिशील बनाउन अत्यन्त आवश्यम उर्जा यानी विद्युतीय तरङ्ग असंतुलित भयाे भन्ने संकेत गर्छ तर हामी मनुश्य त्याे प्रकृतिले खबरदारी गरेकाे संकेत बुझ्न सक्दैनाैं र गडबडीलाई हाम्राे शरिरकाे कुन अङ्गमा गडबडी भयाे त्यसलाई एउटा नाम दिएर ओैषधी सेवन गरेर निर्मुल पार्ने प्रयासमा शरिरलाई ओैषधी (Drug) काे गाेदाम स्टाेर बनाएरं ड्रगकाे बैशाखी टेकेर लामाे समय जिउने नाटक गरेर सन्चाे भएकाे र स्वस्थ जीवन बाँचेकाे नाैटंकी बाचुन्जेल स्वास्थ्य परिक्षण र ओषधी सेवन गर्नुलाई उपचार मान्ने स्थितिबाट बाहिर निस्केर प्रकृतिकाे नियमलाई बुझ्न सकेन भने जब ओैसत आयु ३५ थियाे त्यति खेर ८०/१०० बर्ष ,दाँत नझरी,आँखामा चश्मा नचढाएर मज्जाले बाँचेकाे सुनिन्थ्याे ,केही बर्ष पहिलेसम्म कतिपय राेगहरु ४५/५० पछि मात्रै लाग्थे भने अहिले ओैषध आयु ६५/७० पुर्याएकाे मादल ठाेकी ठाेकी बजाएर ओैसत आयु बढाएकाे विज्ञापन चाैविसै घण्टा गरेर गर्व गर्ने स्वास्थ्य प्रति अत्यन्त सजग समाजमा नाबालिक अवस्था मै राेगले घेर्ने प्रायः जसाे ६० पनि कट्न नपाउने,दाँत तीस पहिलै झरी हाल्ने,आँखामा ८/९ बर्य मै चश्मा चढाउनु पर्ने, युवा अवस्था देखि नै पटकपटक अस्पताल धाउनु पर्ने वातावरण बारे पूर्ण जानकारी हुँदाहुँदै पनि त्याे चक्रव्युहबाट उम्किन सक्दैनाैं कि हामी स्वयं बाहिर निस्किने बाटाे खाेज्दैनाैं ।
सर्वप्रथम यहाँ हामीले बुझ्नु पर्ने कुरा के छ भने जीवन र जिउनु भनेकाे के हाे,स्वास्थ्य र स्वस्थ भनेकाे के हाे ? वास्तवमा एकदम सरल भाषामा भन्नु पर्दा जिउनु र जीवन भनेकाे गति हाे र गति कसरी आँउछ ? गति आउने प्रकृतिका केही महत्वपूर्ण नियम हुन सर्वपर्थम मन( Mind), साेच, विचार या फिलिङ्ग हाे, तपाइकाे विचार, साेच या फिलिङ्गले के गर्ने कता जाने फिल गर्न सकेन भने तपाइ कतै जानु हुन्न, नगए शरिरमा गतिनै आउन्न,फिलिङ्ग, साेच (Mind) पछि दाेस्राे हाे, दिशा (Direction) यानि उत्तर ,दक्षिण,पूर्व पश्चिम कता जाने, जाने दिशा निर्धारण नभए तपाइमा गति (Movement) नै आउन्न त्यसैले तेस्राे हाे गति (Movement) यानि चल्नु Move गर्नु हल्लिनु, हल्लिन (Move) गर्न आवश्यक पर्छ चक्रिय बल (Rotational Force), अनि तरंग बल (Current) याे सबै कार्यान्वयन गुरुत्वाकर्षण बल ( Gravitational Force ) विना हुन सक्दैन ।
त्यसैले एउटा जीवित प्राणी या साैर मण्डलमा ज्ञात अज्ञात ग्रह र उपग्रहहरुमा गति या जीवन आउन अति आवश्यक पर्ने कुराहरुमा
१. दिशा ( Direction)
२. गति ( Movement )
३. चक्रिय बल (Rotational Force)
४.तरङ्ग (Current)
५. गुरुत्वाकर्षण बल (Gravitational Force)
यी सबै शक्तिहरु संतुलित (Balanced) भएर काम गर्न तरङ्ग (Current) र गुरुत्वाकर्षण बल (Gravitational Force) काे महत्वपूर्ण भूमिका छ । तरङ्ग (Current) जाेड (+ Plus ) र घटाउ ( - Minus ) दुइटै तरङ्गकाे गति निरन्तर र समानान्तर हुन आवश्यक छ कुनै कारणवश Plus र Minus आपसमा ठाेकिन पुगे या जुझे भने गतिमा गडबडी या गतिनै रहन्न यानि गतिहिन भन्नुकाे अर्थ मृत्यु (Dead/Death) त्यसैले गतिकाे गडबडी लाई मनुश्यले राेग भनेर नामाकरण गरेकाे छ भने गतिहिनतालाई मृत्यु (Dead/Death) मान्ने गरेकाे छ अनि तरङ्ग (Current) गडबडी आउने या शुन्य (Zero) हुनुमा गुरुत्वाकर्षण बल ( Gravitational Force ) काे महत्वपूर्ण भूमिका छ । तरङ्ग (Current) लाई सन्तुलित (Balance) गर्छ एउटा तटस्थ बल (Neutral Force) जसलाई अर्थिङ्ग (Earthing) भन्छ ।
भनाइमा यसकाे खासै केही काम छैन भन्ने छ तर अर्थिङ्ग नभइ तरङ्ग संतुलित हुँदैन यानि कि अर्थिङ्ग नहुनु नै गडबडीकाे मुख्य कारण देखिन्छ ? त्यसैले स्वतन्त्र रुपमा जंगलमा आफ्नै पारामा जिउने प्राणीहरु र बाेट बिरुवा भन्दा पनि घर भित्र या बन्द काेठा भित्र बस्ने ,आगाेमा पकाएकाे खाने कुरा खाने मनुश्य र उसले पालेका मनुश्य संगै घर गाेठमा बस्ने जनावर र मनुश्यले राेपेका बाेट बिरुवा र अन्नबालीलाई हुर्किन, बढ्न र फल्न फुल्न र स्वस्थ रहन मल, जल र ओैषधी तथा धेरै रेखदेख (Care) गर्नु पर्ने हुन्छ, अलिकति पनि रेखदेख र समयमा मल जल र उपचार दिन सकेन भने तुरुनै राेग लागेर मासिने सम्भावना धेरै हुन्छ तर स्वतन्त्र रुपमा जंगलमा बिना कुनै मल जल ओैषधी उपचार र कुनै चार दिवारी भित्र बन्द काेठामा बस्ने व्यवस्था नभएका जनावर बाेट बिरुवा, फलफुललाई कुनै प्रकारकाे रेखदेख, मलजल आवश्यक पर्दैन उनिहरु आफ्नु रक्षा आफै गर्न सक्छन तर कुनै सुरक्षा घेरा भित्र बन्द,आगाेमा बेसरी पकाएर तारेर खाने मनुश्य र जनावर खाने कुरामा भएकाे भिटामिन मिनरल नष्ट गरेर खाने हुनाले उनीहरुकाे स्वास्थ्यमा बिभिन्न खालका गडबढी संधै आइरहन्छ र त्याे गलत खाने कुरा,रहन सहनले स्वास्थ्यमा आउने गडबढीलाई राेग भनेर त्येसकाे उपचारकाे नाउमा बिभिन्न खाले ओेषधी (Drug) बिषाधी सेवन गराएर ,शल्यक्रिया गरेर सञ्चाे हुन्छ या सञ्चाे पार्न सकिन्छ भनेर मनुश्य आफुले अनुुमानकाे भरमा गरेकाे शाेध खाेज र आफैले बनाएका केही नीति नियममा बाँधेर आजीवन ड्रगकाे भरमा, केमिकलकाे भरमा जीवित त राख्न सक्छ तर स्वस्थ पार्न कतही सक्दैन? त्यसैले केवल राेगबारे मात्रै जानकारी राखेर पुग्दैन ।
अब यी सबै कुराकाे गहन विचार गर्न खाेज्ने हाे भने राेगकाे नेचर र नाउ खाेज्ने हाेइन राेग लाग्नुकाे कारण खाजाैं र त्याे कारणकाे उपचार गराैं । कारण पत्ता लगाएर त्यसकाे समाधान खाेज्याे भने राेग नै लाग्दैन र एउटा मनुश्य,जनावर,बाेट बिरुवा,फलफुलमा राेग लाग्नुकाे कारण मात्र एउटा मात्रै त्याे हाे उर्जाकाे गतिमा आउने गडबडी यानि संतुलन अनि त्याे गडबडी तब मात्र संतुलित हुन्छ जब प्राणी दिनमा कमसे कम आधा घण्टा जति नाङ्गै खुट्टा जमिन छुन्छ । अहिले सबै भन्दा सर्वश्रेष्ठ, बुद्धिमान र चलाख प्राणी शरिरका अङ्गअङ्ग र प्रत्येक राेगकाे बारेमा सम्पूर्ण जानकारी राख्दा राख्दै पनि सबैभन्दा बढी राेग त्यसैलाई लाग्छ ?यसकाे कारण के छ भने उसले नेचर र नेचरका नियमहरु अतिक्रमण गरेर आफ्ना मनघडन्ते नियमहरु बनाएर ,प्रकृतिकाे विनाशका साधनहरु विकासकाे नाममा उत्पादन गरेर,आफ्नु स्वतन्त्रता फ्रिडमलाई याे गर र याे नगरकाे जंजिरले बाँधेर शरिर र प्रकृतिले मागेकाे बेला खाना नखाएर, पानी नपिएर ।
आफु जस्तै एउटा कुनै इन्सिच्युटबाट कागजकाे चाेक्टाे बाेकेकाे मान्छेले विहान ८ बजे २ गिलास मन ताताे पानी खा, यति बजे याे खा उति बजे त्याे खा, यति बजे सुत, यति बजे उठ भनेर एउटा मनघडन्त नियम थाेपरेर मानसिक दास बनाएर एउटा आफु जस्तै मान्छेकाे कहावत र इशारामा नाच्न थाले पछि उसमा मान्छेकाे गुण एकरत्ति पनि बाँकि रहन्न, बुद्धि भएकाे मान्छेकाे यति पनि बुद्धी छैन कि उ मशिन जस्ताे अरुद्वारा संचालित हाेइन मनुश्य स्वचालित (Automatic) प्राणी हाे त्यसैले उसका हरेक गतिविधी तब मात्रै सही काम गर्छन् जब उ स्वयं संचालित हुन्छ ? प्यास लागेर ओठ सुकी सके तर डाक्टरले पानी खाने समय ताेक्या छ त्याे समय नभइ पानी खान भएन,खाना खाने र खाने कुराकाे मात्रा र समय डाक्टरले ताेक्या छ, समय नभइ खान भएन,सुत्ने र उठ्ने समय डाक्टरले ताेक्या छ जति गहिराे निद लागे पनि सुत्नु भएन यिनै मनुश्य निर्मित नियमहरु मानेर राेगकाे डायग्नाेसिस गरेर ओैषधी बर्षाैं खाएर पनि राेग सञ्चाे भएकाे छैन तर त्यसैलाई उपचार मानेर आर्यघाट नपुग्दासम्म उचार र ओषधी निरन्तर गरिराछ ।
याे लेखकाे उद्देश्य कुनै विधि या उपचार पद्दतीकाे विराेध गर्न हाेइन केवल सर्वश्रेष्ठ प्राणीलाई सचेत हुने र विचार गर्ने शक्ति उसकाे स्वयंकाे मन मस्तिष्कलाई मिलाेस भन्ने हाे र उर्जा विधिले भन्छ जुन मनुश्यले उर्जालाई संतुलित राख्न सक्छ या उर्जाकाे गतिकाे नियमलाई मान्छ उसलाई कुनै राेगले छुनै सक्दैन,कुनै खाने लाउने कुराले उसकाे शरिर अस्वस्थ पार्न सक्दैन ? जब सबै उपचार विधिहरुले हाम्राे शरिर, हाम्राे दैनिकी, खानपान, रहनसहनकाे सन्तुलन या उसदाई गतिशील बनाउने मुख्य कार्य मन (Mind) ले गर्छ ,हाम्राे Mind ले जब फिलिङ्ग गर्छ तब हाम्राे हर्मनहरु सक्रिय हुन्छन र हाम्राे साेच विचारमा आएकाे या हाम्राे शरिरले मागेकाे, (Demend) गरेकाे भिटामिन र मिनरलहरु उत्पादन गर्न थाल्छ तर मनुश्यले मानव विकासकाे क्रममा अनेक मनलाग्दी नियमहरु बनाएर हाम्राे अटाे सिस्टमलाई ड्यामेज गरिदियाे र ड्यामेज भएकाे सिस्टमलाई टालटुल पार्ने विधिहरु आविष्कार गरेर टाल्ने काेशिसमा बर्षाैं देखि लागि परेकाे छ तर सफलता कतै देखिन्न ? उर्जाकाे र ल अफ नेचरकाे नियम फ्लाे गराैं। स्वचालित हाम्राे शरिरसंग उपचारकाे नाममा छेडखानी गर्न छाेडाैं राेगले पनि लाग्न छाेडी दिन्छ ? स्वस्थ रहन ओैषधी उपचार र कुनै एक्सरसाइज चाँहिदैन केवल उर्जालाई संतुलित राखे मात्रै पुग्छ ।