पक्राउ परेका आन्दोलनकारीको घरमा भेटियो अश्रुग्याँस सेल

4.7k Shares

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला सिराहा नगरपालिका–४ घर भएर सुविधानगर बस्ने सैफ सिद्धिकी छन् ।

२२ वर्षीय सिद्धिकीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । काठमाडौँ– ३२ सुविधानगरस्थित आरोपी बस्ने डेराबाट प्रयोग नभएको अश्रुग्याँस सेल प्रहरीले बरामद गरेको छ । उनले बानेश्वर वृत्तबाट सो अश्रुग्याँस लुटेर लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

उनले लुटेको ल्यापटप पनि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले बरामद गरेको छ । आरोपीमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए । 

सम्बन्धित समाचार