ब्राजिल कोपा अमेरिकाको फाइनलमा

16.7k Shares

काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ । घरेलु टोली ब्राजिलले पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आफूलाई उपाधि नजिक पुर्याएको हो ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले निर्णायक गोल गरे ।
खेलको ३५ औं मिनेटमा लुकासले गरेको गोल नै टिमलाई जित दिलाउन पर्याप्त भयो । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका थिए । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनलको खेल भोलि बिहान हुनेछ । ब्राजिल साविकको विजेता टोली पनि हो । ब्राजिलले गत सिजनको फाइनलमा चिलीलाई हराएको थियो ।

सम्बन्धित समाचार